भारी वर्षाका कारण कोलाकाताका खेलाडी सवार विमान दुईपटक डाइभर्ट

कोलकाता । आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउविरुद्धको खेलपछि घर फर्किरहेको कोलकाता नाइट राइडर्सको टोली सवार विमान भारी वर्षाका कारण सोमबार साँझ विमानस्थलमा अवतरण हुन सकेन ।
कोलकाताको मिडिया टोलीले दिएको जानकारी अनुसार खेलाडीहरू सहितको टोली सोमबार स्थानीय समयअनुसार साँझ ५ बजेर ४५ मिनेट जाँदा लखनउबाट उडेर कोलकातामा ७ बजेर २५ मिनेट जाँदा अवतरण हुने तालिका रहेको थियो । साँझ ८ बजेर ४६ मिनेटमा दिइएको अपडेटमा खराब मौसमका कारण विमान गुवाहाटीमा डाइभर्ट गरिएको जानकारी दिइयो । त्यसपछि मंगलबार बिहान १ः४५ बजे विमान गुवाहाटीबाट राति ११ बजे कोलकाता आउनुपर्ने विमान पुनः डाइभर्ट गरिएर वरानसीमा ल्यान्ड गरिएको बताइएको थियो ।
बिहान ३ बजे खेलाडीहरू वरानसीको होटलमा बसेको र मंगलबार अपराह्न कोलकाता आउने बताइयो । भर्खरै टोली वरानसीबाट कोलाकाताका लागि उडेको जानकारी दिइएको छ ।
भाग्यवश, कोलकाताको अर्को खेल शनिबार मात्र रहेको छ । टोलीले घरेलु मैदानमा मुम्बई इन्डियन्सको आतिथ्य गर्नेछ । यसअघिको खेलमा लखनउलाई ९८ रनको विशाल अन्तरले हराउँदै टोली आईपीएलको अङ्क तालिकामा शीर्ष स्थानमा उक्लिएको थियो ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै प्रतिपक्षलाई विश्वासमा लिएर सदन चलाउनुपर्छ : नारायणकाजी श्रेष्ठ
-
जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि गणतन्त्रले राखेको अभीष्ट हो : राष्ट्रपति पौडेल
-
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै
-
विधान महाधिवेशन नै नभई नेतृत्वबारे अनावश्यक अनुमान नगर्न पौडेलको निर्देशन
-
अस्थिर राजनीतिले नेपालमा पनि बंगलादेशको जस्तै जनआक्रोश निम्त्याउन सक्छ ?
-
‘धोका दियौ तिमीले’ गीतमा केकीको अभिनय