भारी वर्षाका कारण कोलाकाताका खेलाडी सवार विमान दुईपटक डाइभर्ट
कोलकाता । आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउविरुद्धको खेलपछि घर फर्किरहेको कोलकाता नाइट राइडर्सको टोली सवार विमान भारी वर्षाका कारण सोमबार साँझ विमानस्थलमा अवतरण हुन सकेन ।
कोलकाताको मिडिया टोलीले दिएको जानकारी अनुसार खेलाडीहरू सहितको टोली सोमबार स्थानीय समयअनुसार साँझ ५ बजेर ४५ मिनेट जाँदा लखनउबाट उडेर कोलकातामा ७ बजेर २५ मिनेट जाँदा अवतरण हुने तालिका रहेको थियो । साँझ ८ बजेर ४६ मिनेटमा दिइएको अपडेटमा खराब मौसमका कारण विमान गुवाहाटीमा डाइभर्ट गरिएको जानकारी दिइयो । त्यसपछि मंगलबार बिहान १ः४५ बजे विमान गुवाहाटीबाट राति ११ बजे कोलकाता आउनुपर्ने विमान पुनः डाइभर्ट गरिएर वरानसीमा ल्यान्ड गरिएको बताइएको थियो ।
बिहान ३ बजे खेलाडीहरू वरानसीको होटलमा बसेको र मंगलबार अपराह्न कोलकाता आउने बताइयो । भर्खरै टोली वरानसीबाट कोलाकाताका लागि उडेको जानकारी दिइएको छ ।
भाग्यवश, कोलकाताको अर्को खेल शनिबार मात्र रहेको छ । टोलीले घरेलु मैदानमा मुम्बई इन्डियन्सको आतिथ्य गर्नेछ । यसअघिको खेलमा लखनउलाई ९८ रनको विशाल अन्तरले हराउँदै टोली आईपीएलको अङ्क तालिकामा शीर्ष स्थानमा उक्लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण