चीज गुरुङको ‘हावा सरर’लाई ‘बले’ले लगाए चोरीको आरोप
काठमाडौँ । गायक चीज गुरुङको गीत ‘हावा सरर’लाई चोरीको आरोप लागेको छ । गायक राजेन्द्र लम्सालका छोरा तथा कलाकार सागर लम्साल ‘बले’ले गीत आफ्नो बुबाको गीत ‘छोडेर आए म’सँग हुबहु मिलेको आरोप लगाएका हुन् ।
लम्सालले मंगलबार सामाजिक सञ्जालमा एकपोष्ट गर्दै गीत हटाउन र गुरुङ समाजको आडमा धम्की नदिन समेत आग्रह गरेका छन् ।
‘नयाँ संगीतकारमा सङ्गीत सिर्जनाको कमी हो या पुराना गीतहरूको प्रभाव बढी हो । करिब एक महिना अगाडि रिलिज भएको गायक चीज गुरुङको ‘हावा सरर’ बोलको गीतको सङ्गीत मेरो बुवा राजेन्द्र लम्साल र नारायण रायमाझीले गाउनु भएको तथा कृष्ण उजाड पौडेलले सङ्गीत गर्नुभएको गीत ‘छोडेर आए म’सँग हुबहु मिल्दो देखियो’, उनले अगाडि भनेका छन्, ‘ गज्जबको कुरा त के भने चोरिएको गीत बजारमा आएको केही मिनेटमै मैले यो गीतको सङ्गीत त मिल्दोजुल्दो देखियो भनेर सम्बन्धित पक्षलाई जानकारी गराउँदा तपाईँ जे गर्न सक्नुहुन्छ गर्नुस् मसँग मेरो समाज छ । मेरो तर्फबाट मेरो समाज लड्छ भन्ने जवाफ आयो ।’ चोरिएको हल्ला नभएसम्म संगीतकारमा चीजले आफ्नो नाम राखेपनि अहिले भने युट्युबमा उल्लेख नगरेको लम्सालको भनाई छ ।
गुरुङले ल्याएको गीत अप्रिल १ मा युट्युबमा आएको हो । गीतको भिडियोलाई समाज तयार गर्दासम्म १६ लाख बढीले हेरेका छन् । गीतमा चीज गुरुङ र चीजा तामाङको स्वर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण