श्रीमान्–श्रीमतीबिच हुने विवाद न्यूनीकरण गर्न परिवार संवाद कार्यक्रम
विराटनगर । विराटनगर महानगरपालिकाले लैङ्गिक हिंसा रोकथामका लागि परिवार संवाद कार्यक्रम सञ्चालन गरेको छ । महानगरले विराटनगर वडा नम्बर ८ सुकुम्वासी बस्तीमा उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा मंगलबार परिवार संवाद कार्यक्रम सुरु गरेको हो ।
सामान्य विषयलाई लिएर श्रीमान्–श्रीमतीबिच हुने विवाद र झगडा न्यूनीकरण गर्ने उद्देश्यले महानगरले साझा सवालका लागि साझा मञ्च (कोकन)सँगको सहकार्यमा परिवार संवाद सञ्चालन गरेको बताइएको छ । यसरी परिवार संवाद आयोजना गर्दा श्रीमान्–श्रीमतीबिचको सम्बन्ध सुमधुर भई परिवारमा शान्ति छाउने उपमेयर कार्कीको भनाइ छ ।
पछिल्लो समय सामान्य विषयलाई लिएर पनि सम्बन्धविच्छेदका घटना बढ्दै जानुका साथै परिवारमा हिंसासमेत हुने गरेको पाइएको छ । यस्ता कार्यक्रमले लैङ्गिक हिंसा न्यूनीकरण हुनुका साथै परिवारमा हुने बेमेलसमेत कम हुने उपमेयर कार्कीको भनाइ छ । उपमेयर कार्कीले परिवार संवादलाई अझै व्यापक बनाउने लगिने बताइन् ।
श्रीमान् र श्रीमतीलाई बेग्लाबेग्लै राखेर सम्झाउनुका साथै दुवै जनाको दायित्वका विषयमा समेत जानकारी गराउने गरेको कोकनकी अध्यक्ष मञ्जिता उपाध्यायले जानकारी दिइन् । कार्यक्रम सञ्चालनपछि परिवारमा सुमधुर सम्बन्ध भई सम्बन्धविच्छेदमा कमी आउने, एकअर्काको भावना बुझ्ने, मदिरा सेवन गर्ने क्रममा कमी आउने, दुर्व्यसनीमा नफस्ने, आर्थिक बोझ कम हुने र लैङ्गिक विभेद न्यूनीकरण हुने उनको भनाइ थियो ।
आर्थिक अभाव, वैदेशिक रोजगारी, मदिरा सेवनलगायतका कारणले परिवारमा समस्या देखिने गरेको कोकनका सल्लाहकार अधिवक्ता कोषराज न्यौपानेले बताए । यस्ता कार्यक्रमले श्रीमान्–श्रीमती मात्रै नभएर परिवारबिचको सम्बन्ध सुमधुर भई सुखी र खुसी पारिवारिक जीवन व्यतीत गर्न सहयोग पुग्ने न्यौपानेले दाबी गर्नुभयो । वडाध्यक्ष राम पोखरेलले कार्यक्रम सञ्चालनपछि वडामा पारिवारिक विवाद कम हुने विश्वास व्यक्त गरे ।
विराटनगर वडा नम्बर ८ मा ३५ जोडीलाई बेग्लाबेग्लै राखेर १० पटक कार्यक्रम सञ्चालन हुने कोकन मोरङका फिल्ड सुपरभाइजर अशोक थापा मगरले जानकारी दिए । त्यसपछि ३५ जोडीमध्येबाटै श्रीमान्–श्रीमती दुवैजनासहित परिवारका अन्य दुई सदस्यलाई राखेर दुई चरणमा परिवार संवाद कार्यक्रम पनि सञ्चालन गरिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण