बुटवलमा अनलाइन सट्टेबाजीमा संलग्न १३ जना भारतीय नागरिकविरुद्ध एक हप्ता म्याद थप
मङ्गलबार, २५ वैशाख २०८१, १८ : ५२
बुटवल । बुटवलमा अनलाइन सट्टेबाजीमा संलग्न भएको आरोपमा पक्राउ परेका १३ जना भारतीय नागरिकलाई एक हप्ता हिरासत राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलले बुटवलको कालिका नगरका अञ्जन शर्माका घर भाडामा लिएर अनलाइन सट्टेबाजी गराउने १३ जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।
इलाका प्रहरी कार्यालय बुटवलमा प्रहरी नायव उपरीक्षक विजयराज पाण्डेले पक्राउ गरेका १३ जनालाई आज जिल्ला अदालत रुपन्देहीमा एक हप्ता म्याद थप गरिएको बताए।
प्रहरीले पक्राउ परेकाहरुको साथबाट १३ थान कम्प्युटर तथा ३९ थान मोबाइल समेत बरामद गरिएको थियो । अनलाइन गेम खेलाएर सट्टेबाजी गर्दा कति रकमको कारोबार भयोलगायतका विषय अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण