आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बुटवलमा अनलाइन सट्टेबाजीमा संलग्न १३ जना भारतीय  नागरिकविरुद्ध एक हप्ता म्याद थप

मङ्गलबार, २५ वैशाख २०८१, १८ : ५२
मङ्गलबार, २५ वैशाख २०८१

बुटवल । बुटवलमा अनलाइन सट्टेबाजीमा संलग्न भएको आरोपमा पक्राउ परेका १३ जना भारतीय नागरिकलाई एक हप्ता हिरासत राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलले बुटवलको कालिका नगरका अञ्जन शर्माका घर भाडामा लिएर अनलाइन सट्टेबाजी गराउने १३ जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलमा प्रहरी नायव उपरीक्षक विजयराज पाण्डेले पक्राउ गरेका १३ जनालाई आज जिल्ला अदालत रुपन्देहीमा एक हप्ता म्याद थप गरिएको बताए।

प्रहरीले पक्राउ परेकाहरुको  साथबाट १३ थान कम्प्युटर तथा ३९ थान मोबाइल समेत बरामद गरिएको  थियो  । अनलाइन गेम खेलाएर सट्टेबाजी गर्दा कति रकमको कारोबार भयोलगायतका विषय अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप