आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बुटवल उपमहानगरले  विना टेन्डर सडक निर्माण गरेपछि अख्तियारको टोली फिल्डमा

मङ्गलबार, २५ वैशाख २०८१, ०७ : ५२
मङ्गलबार, २५ वैशाख २०८१

बुटवल । बुटवलका उपमहानगर पालिकाले हचुवा तालमा अस्पताल लाइनदेखि कालिका मन्दिरसम्मको सडक खोल्ने काम गरेको पाएको छ।  गत साउनमा लुम्बिनी प्रादेशिक अस्पतालमा जग्गामा सडक खोल्ने काम गरेको नगरपालिकाले विना टेन्डर काम गराएको खुलेको हो। 

२५ लाख रुपैयाँमा सडक खोल्ने ग्राभेल गराउने काम भएको थियो । नगरपालिकाले प्रक्रिया मिचेर काम गराएपछि अख्तियार दुरुपयोग अनुसन्धान टोलीले अनुसन्धान सुरु गरेको छ । नगरपालिका गराएको सडक निमार्णको कामप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्राविधिक टोली समेत फिल्ड पुगेर हालै अध्ययन अनुसन्धान सुरु गरेको छ। बुटवलका उपमहानगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले अख्तियारको  टोली आएको रातेपाटीलाई बताए। उनले भने अख्तियारको टोली आएको थियो। तर त्यो सडक निर्माण गर्दा म प्रमुख प्रशासकीय अधिकृत थिइन, त्यो पुरानो केस हो । 

त्यो सडक निर्माण कार्य म भन्दा अगाडिका कार्यकारी भएको बेलामा भएको विस्तृत आफूलाई थाहा नभएको उनले बताए ।

उक्त सडकमा अहिले प्रदेश पूर्वदार  कार्यालय नाली  राख्ने  पिच गर्ने  ठेक्का दिएको छ। सुरुमा बुटवल नगरपालिका साउन महिनामा काम गराएको ठेकेदार  आफूले अझै सम्म कुनै रकम नपाएको भन्दै पटक पटक  पटक नगरपालिका धाइरहेका छन्। 

बुटवल उपमहानगरपालिका इन्जिनियर  सुमन श्रेष्ठले  सडक साउनमा सकिए पनि ठेकेदारलाई रकम दिनको लागि प्रक्रिया नपुगेको कारणले ढिलाइ भएको खुलाए। उनले अख्तियारको टोलीले पनि रकम भुक्तानी प्रक्रिया अरू विषयमा सोधिखोजी गरेको  खुलाए। ठेकेदारले १९ लाख ४५ हजार रुपैयाँ  खर्च भएको बताएका छन्। त्यो बेला नगरपालिका कुनै सूचना  जारी नगरी ५ दिन लगातार  ठेकेदारलाई काम गराएर सडक खोल्ने काम भएको थियो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप