गर्मीमा स्मार्टफोन तात्यो भने के गर्ने ?
काठमाडौँ । गर्मीले आफ्नो उग्र रूप देखाउन थालेको छ । गर्मी दिनहुँ बढ्दै छ ।
खपिन सक्नुको गर्मीबाट बच्न मानिसहरू विभिन्न उपाय अपनाइरहेका छन् । गर्मीमा स्मार्टफोन पनि निकै तात्छ । तातिएको फोनलाई सामान्य अवस्थामा ल्याउन तपाई के गर्नु हुन्छ । थाहा पाइराख्नुस् फोन चिसो पोर्न उपायहरू:
फोनलाई शरीरबाट टाढा राख्नुस्
गर्मीको समयमा मानिसहरू फोनलाई आफ्नो खल्तीमा राख्ने गरेका छन् । गर्मीमा शरीर तातो हुँदा फोन पनि तात्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा गर्मीमा फोनलाई शरीरबाट टाढा राख्नुपर्छ । यसको सट्टा तपाईँले फोनलाई झोला राख्न सक्नुहुन्छ ।
फोनलाई रिस्टार्ट गर्ने
गर्मीको समयमा फोन निकै तातो भइरहेको छ भने यसलाई सामान्यमा अवस्थामा ल्याउन एउटा सजिलो तरिका छ । गर्मीका कारण फोन तातो भएको हो भने केही समयको लागि फोनको प्रयोग गर्न बन्द गर्न सक्नुहुन्छ । यसबाट फोनलाई केही बेर भएपनि ब्रेक पाउँछ । यसो गर्दा पनि फोन तात्न छाडेन भने फोन रिस्टार्ट गर्न सकिनछ ।
सूर्यको किरणबाट बचाउने
फोनमा ब्याट्री हुन्छ । फोनमाथि सीधै सूर्यको किरण पर्याे भने यो तात्न सक्छ । फोनलाई सामान्य बनाउन केही समयको लागि यसलाई छायाँ भएको ठाउँमा राख्नुहोस् ।
एयरप्लेन मोड अन
लामो समयदेखि फोन चलाइरहेको छ भने पनि फोन तात्न सक्छ । एकै साथ धेरै एप र फाइलहरू प्रयोग गरिरहेको छ भने पनि फोन तात्न सक्छ । फोनलाई चिस्याउन केही बेर एयरप्लेन मोडमा राख्न सकिन्छ । यसो गर्दा केही बेरमै फोन सामान्य अवस्थामा फर्किन्छ ।
गर्न नहुने गल्ती
मानिसहरू प्रायः फोनलाई कभर हालेकै अवस्थामा चार्जमा राखिदिन्छन् । कतिले त फोनलाई चार्जमा राख्दा यसमाथि केही सामान राखिदिन्छन् । हावा सञ्चार राम्रोसँग नहुँदा फोन तात्न थाल्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत : पक्षमा ५७, विपक्षमा शून्य
-
बढ्यो सेयर बजार, ३ अर्ब ४० करोडको कारोबार
-
भन्सार विभाग घेराउका क्रममा प्रहरीको धरपकड, केही प्रदर्शनकारी पक्राउ
-
नेपालकै विश्वविद्यालयमा विद्यार्थी टिकाउन सांसदको जोड
-
आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना
-
सर्वोच्चको व्याख्या : ‘चिट्ठा पर्यो भनेर ठगी गर्नेलाई सङ्गठित अपराध हैन, ठगीमा सजाय हुन्छ’