मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

छिमेकीको खुकुरी प्रहारबाट एक दम्पती गम्भीर घाईते

बुधबार, १९ पुस २०७४, ०६ : ४१
बुधबार, १९ पुस २०७४

ओखलढुङ्गामा छिमेकीको खुकुरी प्रहारबाट एक दम्पती घाइते भएका छन् । मानेभञ्ज्याङ्ग गाँउपालिका १ मा घरायसी रिसिबीका कारण छिमेकी टंक बहादुर बस्नेतको खुकुरी प्रहारबाट सोही स्थानका ५१ बर्षिय चक्र बहादुर बस्नेत र उनकी श्रीमती ५० बर्षीया सीता बस्नेत घाईते भएका छन् । 

घाईते मध्ये श्रीमन चक्र बहादुरको अवस्था गम्भीर छ । मंगलबार बिहान गोठ जाने क्रममा लुकेर बसेका टंक बहादुरले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक टिका बहादुर कार्कीले रातोपाटीलाई बताए ।

खुकुरी प्रहारबाट घाईते दुई लाई तत्काल उद्धार गरी ओखलढुंगा सामुदायीक अस्पताल सोब्रुमा लगिएको थियो । तर,  त्यहाँ उपचार हुन नसकेपछि हेलिकप्टरबाट काठमाडौं पठाईएको छ ।

बस्नेत दम्पतीलाई खुकुरी प्रहार गर्ने टंक बहादुरलाई पक्राउ गरी थुनामा राखिएको प्रहरी निरिक्षक कार्कीले बताए । उनी केही समयअघि मात्रै ज्यान मारेको मुद्धामा  १० वर्ष जेल सजाय भुक्तानी गरी फर्केको हुन् ।

-रामहरि श्रेष्ठ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप