रास्वपा संसदीय दलको बैठक आज
मङ्गलबार, २५ वैशाख २०८१, ०७ : ०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्ने भएको छ । आज बिहान ८ बजे सिंहदरबारमा बस्ने गरी संसदीय दलको बैठक आह्वान भएको सहमहामन्त्री मनीष झाले जानकारी दिए ।
२८ वैशाखबाट बस्ने संसद् बैठकको तयारीका लागि संसदीय दलको बैठक बस्न लागेको झाले जानकारी दिए । गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको विषयमा संसदीय छानबिन समिति बन्नुपर्ने माग नेपाली कांग्रेसले उठाइरहेको छ ।
पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय छानबिन समिति बनाउन सकारात्मक देखिएका छन् । सहकारीमा देखिएको समग्र संकटमा छानबिन गर्ने गरी समिति बनाउने पक्षमा प्रधानमन्त्री छन् । यस विषयमा पनि रास्वपा बैठकमा छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानोभेरी नदीमा अस्पतालका सुरक्षा गार्ड मृत फेला
-
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
-
५ हजार शुल्क महँगो भएको प्रतिनिधिको गुनासो, तर भन्छन्, ‘भ्रष्टाचार रोक्न आफैँ खर्च गर्छौं’
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण