आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जसपा नेपालको संसदीय दलको बैठक बालकुमारीमा

मङ्गलबार, २५ वैशाख २०८१, ०८ : २३
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक अहिले केही बेरमा बस्ने भएको छ । पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठकमा समसामायीक विषयमा छलफल हुने बताइएको छ । 

यो पार्टी हलै विभाजित भएको छ । विभाजनको वैधताबारे पनि पार्टीमा छलफल हुने बताइएको छ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि जसपा नेपालले आपत्ति जनाउँदै आएको छ । 

आयोगको निर्णय विरुद्धमा कानुनी उपचार खोज्ने यस पार्टीको तयारी छ । दल दर्ता सम्बन्धी कानुन निष्क्रिय भएको बेला निर्वाचन आयोगले राई नेतृत्वको पार्टी कसरी दर्ता गर्‍यो भन्दै यादव पक्षको जसपा त्यसका विरुद्धमा अदालत जाने भएको हो । यस विषयमा पनि आजको बैठकमा थप छलफल हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप