उपेन्द्र यादवद्वारा कम्बल वितरण
शनिबार, २९ पुस २०७४, २१ : ४५
सप्तरी- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी निर्वाचन क्षेत्र नं २ अन्तर्गत छिन्नमस्ता गाउँपालिकाका दलित वस्तीमा आज कम्बल वितरण गरेका छन् ।
सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका उहाँले करिब १५० मुसहर परिवारलाई कम्बल वितरण गर्नुभएको संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष दिनेश यादवले बताए । दलित बस्तीका वृद्ध, विपन्न, अपांग, सुत्केरी, अशक्तलगायतलाई कम्बल वितरण गरिएको उनले जानकारी दिए ।
यसैबीच, नेपाल प्रहरी श्रीमती संघले पनि तिरुहत गाउँपालिका वडा नं २ र ५ का स्थानीय दलित र विपन्न परिवारलाई कम्बल वितरण गरेको छ । करिब १०० घर परिवारलाई प्रतिव्यक्ति एक थान कम्बल, ज्याकेट र एक कार्टुन चाउचाउ वितरण गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु