भन्सारको राजश्व लक्ष्यभन्दा बढी असुली
रसुवा - सामान आयात क्रमशः बढ्न थालेपछि रसुवागढी भन्सारको राजश्व लक्ष्यभन्दा बढी असुली भएको छ ।
रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार माघ महिनाको राजश्व असुली रु २९ करोडको लक्ष्य राखिएकामा सामान आयात बढ्दै जाँदा रु ३१ करोड असुली भएको छ ।
चीनबाट नेपाल भित्रने सामग्रीमा जुत्ता, चप्पल, थर्मस, कपडा, शिशुका खेलौना, विद्युतीय उपकरणलगायत विविध सामग्री आयात हुने गरेको छ ।
चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म मूल्य अभिवृद्धि करसमेत रु एक अर्ब ९२ करोड राजश्व असुली भएको बताइएको छ ।
चिनियाँ नयाँ वर्ष र ल्होछार पर्व परेका कारण गत माघको अन्तिम सातादेखि रसुवागढी नाकाबाट सामान आउन बन्द भएको बताउँदै प्रमुख भन्सार अधिकृत कोइरालाले अब यही फागुनको २३ गतेदेखि केरुङमा रहेका नेपाली ट्रक तथा कन्टेनर सामान लिई नेपाल फर्कने बताए ।
सामान आयातको काम ल्होछार पर्वले बन्द भए पनि दैनिक रुपमा २५–३० चिनियाँ पर्यटक भने ओहोरदोहोर गरिरहेको सीमा प्रहरी चौकीका प्रहरी निरीक्षक रञ्जन दाहालले जानकारी दिए ।
चिनियाँ नयाँ वर्ष र ल्होछार पर्वका बन्द ढुवानी सेवा अबको १० दिनपछि सञ्चालन हुने केरुङस्थित ढुवानीकर्ता मुसा ट्रान्सपोर्टले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा