बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय जनप्रतिनिधिलाई राजीनामा दिन विप्लवको उर्दी, भन्यो, ‘जे पनि हुनसक्छ’

मङ्गलबार, २२ फागुन २०७४, ०९ : ३६
मङ्गलबार, २२ फागुन २०७४

रामहरि श्रेष्ठ

फागुन । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ओखलढुंगाका स्थानिय तहका जनप्रतिनिधिहरुको राजीनामा माग गरेका छन् । 

पार्टीको भातृसंगठन जनपरिषद् नेपालले जिल्लाका आठ ओटै स्थानिय तहको नाममा पत्र लेख्दै राजीनामाको माग गरेका हुन् । 

उक्त पत्रमा भनिएको छ, ‘मुलुकभर जनताको सरकार स्थापित गरेर जनताको सेवा, राष्ट्रको स्वाधिनता सामाजिक सुरक्षा सहितको विकास र समृद्धिको आधार तयार गर्नको लागि तपाईंले आफ्नो पदबाट राजीनामा दिई जनताको सरकारलाई सहयोग गर्न विनम्रता पूर्वक आग्रह गर्दछौँ । अन्यथा उत्पन्न हुने परिस्थितिको जिम्मेवार तपाईं आफैं हुनुपर्नेछ ।’ 

सोमबार जिल्लाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिका र मानेभञ्ज्याङ गाउपालिकामा बुझाएको पत्र मंगलबार अन्य स्थानिय तहका प्रमुखहरुलाई बुझाइने पार्टीका जिल्ला सेक्रेटरी अमृत बस्नेतले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप