डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
काठमाडौँ । ‘मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४’को उपाधि डाक्टर आयुष्नोभा ढुंगानाले जितेकी छन् । बुधबार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’मा उनले शो उपाधि प्राप्त गरेकी हुन् । डा. ढुंगानाले सबटाइटल तर्फ ‘मिस एलिगेन्स’ समेत हात पारेकी छन् ।
डा. ढुंगाना मोडल पनि हुन् । कलाकारिता र डाक्टर पेशा एकसाथ अगाडि बढाइरहेकी ढुंगाना बंगलादेशबाट एमबीबीएस गरेकी छन् । संयुक्त राज्य अमेरिकाको हार्वर्ड मेडिकल स्कुलबाट जनेशरल साइकीयाट्रिक म्यानेजमेन्ट, साइको एजुकेशन, बाइप्लोर डिसअडर, डिप्रेसन पोष्ट ग्रेजुएशन क्रेडिट पाठ्यक्रममा उनले १०० प्रतिशत क्रेडिट पाएकी थिइन् । अहिले हार्वर्ड स्कुलकै अटिजम पोस्ट ग्रेजुएशन क्रेडिट कोर्स गर्दैछन् ।
प्रतियोगितामा ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’ सहित अन्य तीन विजेता समेत छानिएको थियो । जसमा सजिना खनालले ‘मिस सुप्रा नेसनल २०२४’ र धीरजकाजी बस्नेतले ‘मिस्टर सुप्रानेसनल २०२४’को उपाधि हात पारे । प्रतियोगिताको अर्को महत्त्वपूर्ण उपाधि ‘मिस ग्लोबल नेपाल २०२४’ मोनिका अधिकारी र ‘मिस्टर इन्टरनेसनल नेपाल २०२४’ क्षितिज श्रेष्ठ क्षेत्री भए ।
सनुर्वी इन्टरनेसनलले आयोजक रहेको प्रतियोगिताको फिनाले महिला र पुरुष गरेर २९ जना प्रतिस्पर्धीहरू सहभागी थिए । विजेता सबैले उपाधिको साथमा विभिन्न गिफ्ट ह्याम्पर प्राप्त प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
-
बझाङमा जिप दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण