शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गजल

शनिबार, ०८ वैशाख २०७५, ०८ : ४१
शनिबार, ०८ वैशाख २०७५

-अजित क्षेत्री  

भैँसी बेची घरको छानो किन्छु भन्थी उसले
किन्ने भए यो जवानी दिन्छु भन्थी उसले

जवानी नि दुई चार दिनको बर्खे भेल हो रे
उस्तै परे खाडी मुलुक हिँड्छु भन्थी उसले

दुःख पर्दा आऊ बस भन्दाखेरी मैले
मेरो चिन्ता म आफै नै लिन्छु भन्थी उसले 

अचेल सहर धाएकी छ फेरिफेरि लाएकी छ
दुईचार जना कारोबारी चिन्छु भन्थी उसले
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप