शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नर्भिकको रजत महोत्सवमा १४ वरिष्ठ चिकित्सक अभिनन्दित

शनिबार, ०८ वैशाख २०७५, १७ : ३५
शनिबार, ०८ वैशाख २०७५

काठमाडौ–नर्भिक इन्टरनेशनल हस्पिटलले मुलुकको स्वास्थ्य सेवाको क्षेत्रमा अतुलनीय योगदान गरेबापत १४ जना वरिष्ठ चिकित्सकलाई दीर्घ योगदानबाट अभिनन्दन गरेको छ ।

अस्पताल स्थापनाको रजत महोत्सवका अवसरमा शनिबार अस्पताल प्राङ्गणमा आयोजित विशेष समारोहमा उनीरूलाई अभिनन्दन गरिएको हो । 

समारोहमा प्रमुख अतिथि प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. डि.बी. कार्की, डा. गोपालप्रसाद आचार्य, डा. श्यामबहादुर पाण्डे, वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञहरु डा. सरस्वती पाध्ये र डा. दिव्यश्वरी मल्ल, वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरी शङ्करलाल दास, वरिष्ठ शल्यचिकित्सक तथा स्नायु शल्य चिकित्सक डा.दिनेशनाथ गोङ्गल, डा. एस. के. भट्टाचार्य र वरिष्ठ बालरोग विशेषज्ञहरु डा. हेमाङ्गमणि दीक्षित र डा. मणिन्द्ररञ्जन बराललाई  अभिनन्दन गरिन् । 
साथै उनले अस्पतालमा दीर्घ सेवा गरेका चारजना कर्मचारीलाई सम्मान गरिन् । 

यसैबीच      रजत महोत्सवको अवसर पारेर अस्पतालले अत्याधुनिक सुविधायुक्त चार शैयाको हेमोडाइलाइसिस सेवा पनि आजैदेखि शुभारम्भ गरेको छ । उक्त सेवाको प्रदेश प्रमुख कोइरालाले उद्घाटन गरिन् । 
 
उक्त सेवाका विशेषताबारे नर्भिकका वरिष्ठ नेफ्रोलोजिष्ट डा. राजेन्द्र अग्रवालले जानकारी दिएका थिए । 
सो अवसरमा पच्चीस वर्षे यात्रामा नर्भिकले पार गरेका विविध आरोहअवरोहलाई समेटेर प्रकाशन गरिएको ‘नर्भिक माइलस्टोन’ को पनि प्रदेश प्रमुख कोइरालाले विमोचन गरेका नायव महाप्रबन्धक आरपी मैनालीले जानकारी दिए । 


समारोहका सभापति एवं अस्पतालका अध्यक्ष वसन्तकुमार चौधरीले मुलुकभित्रै विश्वस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ अस्पताल स्थापना भएको बताउँदै नर्भिकलाई सोही अनुरुप विकास गर्न अस्पताल परिवार प्रतिबद्ध रहेको जानकारी दिए । 

अस्पतालका सद्भावनादूत एवं वरिष्ठ कलाकार हरिवंश आचार्यले औषधोपचारका लागि अथाह धनराशी विदेशिएको यथार्थ औँल्याउँदै त्यसो हुन नदिन नर्भिकले अनवरत रुपमा  प्रवाह गरेको सेवा अनुकरणीय रहेको बताए । 
अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई मूल मर्म एवं धर्म मानेर आफूहरुले इमानदारीपूर्वक काम गरिरहेको बताइन् । 
 
तीस शैयाबाट नर्सिङ होमका रुपमा सेवा सञ्चालन गरेको निजी क्षेत्रको स्वास्थ्य सेवा प्रदायक संस्था नर्भिकले हालसम्म ५० लाख जनालाई बरिरङ्ग सेवा उपलब्ध गराइसकेको  छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप