एभरेष्ट इन्स्योरेन्सको २३ औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं–एभरेष्ट इन्स्योरेन्स कम्पनीको २३ औं वार्षिक साधारणसभा आज काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाबाट आ.व. २०७३।७४ को मुनाफाबाट १०५ बोनस शेयर तथा बोनस शेयर वापतको कर प्रयोजनार्थ रु. ६३९,४७४ नगद लाभांश दिने प्रस्ताव पारित भएको छ ।
साथै, कम्पनीको सेयर संरचनामा न्युनतम ५१ प्रतिशत संस्थापक शेयरधनी कायम गर्नका लागि बोनस शेयरपश्चात हुन आउने कुल चुक्ता पूँजीमा यस कम्पनीका शेयरधनीहरुलाई एक बराबर एक दशमलव शुन्य पाँच संस्थापक शेयर कायम हुने गरी हकप्रद शेयर जारी गर्ने र तत्पश्चात कायम हुने सम्पूर्ण शेयरधनीलाई एक बराबर तीन हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित भएको कम्पनीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
साधारणसभाबाट शेयरधनीहरुबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न ५ जना संचालकहरु राजिव सापकोटा, भुबल राई, हेमराज थापा, रामप्रसाद खनाल तथा श्रीमती एन्जिला विष्ट गिरी निर्विरोध निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?
-
बजेट बनाउँदै राखेप : नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने
-
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै
-
तीन जना एसएसपीको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
छैटौँ सातामा ‘महजात्रा’, मनाउला त ५१ औँ दिन ?
-
काठमाडौँ–३१ का ६० जना ज्येष्ठ नागरिक सामूहिक सैलुङ भ्रमणमा