देश समृद्धितिर अगाडि बढ्यो : मुख्यमन्त्री राई
सोमबार, १० वैशाख २०७५, १८ : ४१
खोटाङ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले तीनै तहमा स्थिर सरकार गठन भइसकेकाले देश समृद्धितिर अगाडि बढेको बताएका छन् ।
प्रेस चौतारी र प्रेस सेन्टर नेपालले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थिर सरकार बनेकाले अब कुनै अलमल नगरी मुलुक समृद्धितिर बढेको छ भने ।
“विभिन्न विषयलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम तयार गर्ने काम भइरहेको छ,” मुख्यमन्त्री राईले भने, “यो प्रदेशलाई मुलुककै समृद्ध प्रदेश बनाउनेगरी बजेट तथा कार्यक्रमहरु निर्माण भइरहेका छन् ।”
यसैबीच मुख्यमन्त्री राइले आजै जिल्लास्थित कार्यालय प्रमुखहरुलाई जनप्रतिनिधिसँग समन्वय गरेर काम गर्न निर्देशन दिए ।
“संघीयतालाई कार्यान्वयन गर्ने जिम्मा हामी सबैको हो,” उनले भने, “जनप्रतिनिधिसँग मिलेर काम गर्नुस्, तपाइँ हामी सबैको इतिहास बन्नेछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको मौसम र अहिलेको राजनीति उस्तैउस्तै होः अध्यक्ष नेपाल
-
विकराल बन्दै डढेलो
-
काठमाडौँमा 'सफल ह्याप्पी काउ मिल्क' उपलब्ध
-
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अमिनविरुद्ध आरोपपत्र दायर
-
गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?