गुल्मी र चितवनमा बम विस्फोट
गुल्मी - गए राति गुल्मी जिल्लाको दुई स्थानमा बम विष्फोट भएको छ । राती करिव साढे १० वजेको समयमा सदरमुकाम तम्घास र वलेटक्सारमा वम विष्फोट भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक डाक्टरप्रसाद चौथरीले ती दुई स्थानमा वम विष्फोट भएको जानकारी दिए पनि कहाँनिर भनेर पत्ता लगाउन सकिएको छैन । वलेटक्सारको जंगल र सदरमुकाम तम्घासको खानीगाउँमाथीको जंगलमा वम विष्फोट भएको अननुमान गरिएको छ ।
राती सदरमुकाम तम्घासमा वम विष्फोटनको ठुलो आवजले निद्रमा परेका मानिसहरु समेत जागेका थिए । आजको बन्द आव्हान गरेको विप्लप नेतृत्वको नेकपा मओवादीले गएराति साँझ सदरमुकाम तम्घासमा मशाल जुलुश गर्ने सुचना प्राप्त भएपछि दिनैभर सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।
वम विष्फोट लगत्तै सदरमुकामको सोही स्थान आसपास मोटर साईकलमा रहेका एक जनालाई नियन्त्रणमा लिईएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । आज बिहानैदेखि गुल्मीमा यातायातका साधन ठप्प छन् ।
चितवनमा पनि विस्फोट
चितवनको राप्ती नगरपालिका भण्डारामा उप मेयरको घर नजिक बम विष्फोट भएको छ । शुक्रवार राति भएको विष्फोटमा उप मेयर ईमानसिङ लामाको घरको झयालका सिसाहरु फुटेको छ ।
त्यस्तै, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको घर नजिकै ६ एउटा वम भेटिको छ । बम डिस्पोज गर्ने प्रयास भइरहेको चितवन प्रहरीले जनाएको छ । बम पड्काउनेको खोजिकार्य भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन रास्वपाका मन्त्रीले लेखे मन्त्रिपरिषद्को कार्यालयलाई पत्र
-
यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण
-
दुर्घटनाबाट बचाएको भन्दै शान्ति श्रीले दिइन् क्याप्टेन चन्दलाई धन्यवाद
-
उपेन्द्र यादवकै पक्षमा दृढताका साथ उभिन जसपा मधेस प्रदेशको आग्रह
-
बुटवलमा अनलाइन सट्टेबाज गराउने १३ जना पक्राउ
-
पाँच सय ७२ रोपनी जमिनमा भ्रष्टाचार गरेको अभियोगमा केही व्यक्ति दोषी ठहर