आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

विवादमा एकको मृत्यु, आँप बगैँचामा भेटियो शव

आइतबार, २३ वैशाख २०७५, ०९ : १८
आइतबार, २३ वैशाख २०७५

गौशाला - महोत्तरी जिल्लाको औरही नगरपालिका–६ खोपी गाउँमा गए राति सडक बनाउने सम्बन्धी विवादमा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा औरही नगरपालिका–६ बस्ने अन्दाजी ५८ वर्षीय लाल भन्ने लालबाबु दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

गए राति ७ बजेतिर सो गाउँमा सडक बनिरहेको विषयमा विवाद परी दुई समूहबीच कुटाकुट हुँदा स्थानीयवासी लाललाबु दासको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक कुबेर कडायतले बताए । 

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा स्थानीयवासी ६५ वर्षीय शिवशरण दास र ३२ वर्षीय इन्द्रजित दासलाई गए राति नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याएको छ ।

आँप बगैँचामा शव फेला 

महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा आँप बगैँचामा झुण्डिएको अवस्थामा एक युवकको शव फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार महोत्तरी गाउँपालिका–१ स्थित आँपको बगैँचामा स्थानीयवासी ३३ वर्षीय सुनिल यादवको शव झुण्डिएको अवस्थामा बरामद भएको हो । 

तर युवक यादव आफैं झुण्डिएर आत्महत्या गरेको वा उनको मृत्यु के  कारणले भएको भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप