शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एक अमेरिकी महिलालाई २५ वर्ष जेल, चिनियाँ विद्यार्थीको हत्या गरेको आरोप

शनिबार, ०२ असार २०७५, १४ : २०
शनिबार, ०२ असार २०७५

अमेरिका – एकजना अमेरिकी महिलालाई एक चिनियाँ विद्यार्थीको हत्या गरेको आरोपमा २५ वर्षको जेल सजाय सुनाएको छ । 

अमेरिकाको एरिजोना राज्यकी ती महिलालाई क्षमा दिन नमिल्ने र २५ वर्ष अघि उनको कारबाही घटाउन पनि नमिल्नेगरी सो सजायँ सुनाइएको छ । 

अमेरिकाको एरिजोना राज्यमा ती महिलाले सन् २०१६ मा १९ वर्षीय चिनियाँ विद्यार्थीको हत्या गरेकी थिइन् । सो मुद्दा चलिरहेको र उनलाई शुक्रबार एरिजोना राज्यको अदालतले उक्त कारबाही सुनाएको थियो । 

होली डेभिस् नाम गरेकी ती महिलाले चिनियाँ १९ वर्षीय विद्यार्थी जियान सुको हत्या गरेको खुलेको छ । 

सन् २०१६ मा हत्या भएपछि सोही अरोपमा उनलाई हिरासतमा लिइएको थियो । उनको हत्याको अभियोग प्रमाणित भएको भन्दै अदालतले सो फैसला गरेको बताइएको छ । 

सुको हत्या गरेर फरार रहेकी ती महिलालाई प्रहरीले तुरुन्तै नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो । उनको अभियोग प्रमाणित भएसँगै २५ वर्षको सजायँ सुनाइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप