शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

हंसराज हुलासचन्दले ल्यायो एक्स्ट्रा डिउरेबल युरोग्रिप टायर

बुधबार, ०६ असार २०७५, १७ : १९
बुधबार, ०६ असार २०७५

काठमाडौं । नेपालीे टायर बजारलाई लक्षित गरी हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि.ले युरोग्रिप टायर नेपाली बजारमा ल्याएको छ । हंसराज हुलासचन्द बजाज दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारीहरुको लागि नेपालको आधिकारिक बिक्रेता पनि रहेको छ ।

टायरको सम्पूर्ण रेन्जको साथ, युरोग्रिप टायर बजाजको दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारीको ओरिजिनल फिटमेन्ट को लागि सबै भन्दा ठूलो सप्लायर पनि रहेको छ । एक्स्ट्रा डिउरेबल टायर भनिएको युरोग्रिप टायरले लामो अवधिसम्म चल्ने कम्पनीको दावी छ ।

युरोग्रिप टायरको उत्पादनमा प्रयोग गरिएको प्रविधि र डिजाइनले यसलाई नेपाली भुगोल सुहाउँदो बनाएको पनि कम्पनीले बताएको छ । हंसराजका  डाइरेक्टर अभिमन्यु गोल्छाले नेपालको भूगोललाई लक्षित गरेर उपभोक्तालाई सुरक्षिक यात्रा प्रदान गर्ने उद्देश्यले युरोग्रिप टायर ल्याएको बताए ।

युरोग्रिप टायर नेपाल भरीका बजाज डिलरसिप र आधिकारिक सर्भिस सेन्टरहरुमा उपलब्ध हुने छ । साथै अरु आधिकारिक मल्टी ब्राण्ड आउटलेटहरुमा पनी उपलब्ध हुने कम्पनीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप