शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सामसुङ प्लाजाले मनायो १५ औं वार्षिकोत्सव

आइतबार, ०६ साउन २०७५, २२ : ४७
आइतबार, ०६ साउन २०७५

काठमाडौं । सामसुङ प्लाजाले आफ्नो १५ औं वार्षिकोत्सव मनाएको छ । 
१५ बर्षको स्थापना दिवसको अवसरमा कम्पनीले आस्मा फाउन्डेसनको अधक्ष्य कमल केशरी तुलाधरलाई २ लाख ५० हजार रुपैयाँको चेक हस्तान्त्रण गरेको छ । उक्त फाउन्डेसनले निर्मल विद्यापथ स्कुलका २७ जना छात्राहरु र अजाद स्कुलका २३ जना छात्राहरुलाई गरि ५० जना छात्रालाई १ वर्षको पूरा स्कलरसिप , स्कुल ड्रेस र स्टेशनरी सामाग्री दिएकोे छ । गरिव तथा जेहेन्दार विद्यार्थीलाई  यो सानो सहयोगले केही भएपनि राहत पुग्ने कम्पनीले अपेक्षा गरेका छ ।  

उक्त उत्सव कार्यक्रममा हिम इलेक्ट्रोनिक्सका निर्देशक सिमा गोल्छाले भनिन्, ‘यो हाम्रो कम्पनीको निकै खुसीको समय हो । हामीले १५ बर्ष लामो इतिहास बनाउन सफल भएका छौं । कठिन सयममा पनि राम्रोसँग काम गर्न सकिन्छ भन्ने उदहारण भएका छौं । यो हाम्रो लागि गौरवको विषय हो । साथै महिला शसक्क्तीकरणमा हामीले सानो भएपनि स्कुल र सीपको रुपमा सहयोग गर्न सकेका छौं । मलाई विस्वास छ हाम्रो सानो सहयोगले सकारात्मक परिणाम ल्याउने छ ।  छात्राहरुको शिक्षा उत्तिकै महत्वपूर्ण रहेको छ जसले आर्थिक, सामाजिक र राष्ट्र विकासमा ठूलो योदान दिन सक्छ ।  भविष्यमा पनि हामी यसरी नै सबैसँग जोडिएर हाम्रा ग्राहकलाई इनोभेटीभ प्रडक्ट र सेवा दिने छौं ।’
प्लाजा हिम इलेक्ट्रोनिक्सले संचालन गर्दै आइरहेको छ । 
सामसुङ प्लाजा इलेक्ट्रोनिक्स सामानहरुको लागि ब्रान्ड आउटलेट हो जहाँ इनोभेषन, एड्भान्स तथा सयम सापेक्ष इलेक्ट्रोनिक्स उत्पादनका साथै स्मार्टफोन, टिभी र अन्य होम अप्लाइन्सेसहरु पाउन सकिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप