शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वाणगंगा नगरकार्यपालिकाले पूर्णता पायो

मङ्गलबार, ०३ साउन २०७४, १९ : ००
मङ्गलबार, ०३ साउन २०७४

चुरामणि अर्याल

कपिलवस्तु– कपिलवस्तुको वाणगंगा नगरकार्यपालिकाले मंगलवार पूर्णता पाएको छ । मेयर अध्यक्ष, उपमेयर उपाध्यक्ष, वडा अध्यक्ष र मनोनित सदस्य सहित वाणगंगा नगरपालिका २२ सदस्यीय भएको छ ।

२२ सदस्यीय समितिमा नेकपा एमालेवाट उपाध्यक्ष सहित १६ जना सदस्य परेका छन । यो संगै वाणगंगा नगरकार्यपालिकामा एमालेको वर्चश्व देखिएको छ ।
कार्यपालिकाको पुर्णताको लागि मंगलबार निर्बाचन भएको थियो । महिला, दलित तथा अल्पसंख्यकको तर्फबाट निर्वाचित सदस्यहरुले मंगलबार नै पद तथा गोपनियताको सपथग्रहण गरेका छन् ।

मुख्य निर्वाचनको कार्यालयले सदस्यको निर्वाचनका लागि मनोनयनको दर्ता गर्दा कांग्रेस माओवादी तालमेलले संयुक्त मनोनयन दर्ता र एमालेले एक्लै  गरेको थियो ।
मंगलवार भएको निर्वाचनवाट ५ महिला सदस्य र ३ दलित तथा अल्पसंख्यक सदस्यहरु सम्पूर्णमा नेकपा एमाले विजयी भएको हो ।

महिला सदस्यतर्फ टीका अधिकारी,सरिता देवि ढकाल,.गिता भुसाल,.सावित्री थारु र केशरा गुरुङ्ग साथै दलित तथा अल्पसङखेक सदस्यमा कृष्ण बहादुर बि.क., पुर्णकला सुनार र योगनाथ सुनार बिजयी भएको मुख्य निर्वाचन अधिकृत तुल्सीराम मरासिनिले जानकारी दिए ।

कार्यपालिका सदस्य पदमा निवार्चित भएका सदस्यहरुलाई मुख्य निर्वाचन अधिकृत तुल्सीराम मरासिनिले  प्रमाण पत्र वितरण तथा सपथ ग्रहण गराउनु भएको छ ।
वाणगंगा नगरपालिकाको प्रमुखमा मंगल प्रसाद थारु र उपप्रमुखमा चक्रपाणि अर्याल चुनिएका हुन । कार्यपालिकालाइ स्थानीय तहको मन्त्रिपरिषदका रुपमा हेर्ने गरिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप