शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मिस सिन्धुलीलाई १ लाख पुरस्कार

बिहीबार, ०५ साउन २०७४, १४ : ३९
बिहीबार, ०५ साउन २०७४

काठमाडौं– ग्ल्यामरस नेपालले मोडलिङ र ग्ल्यामरको क्षेत्रमा आफ्नो केरियर बनाउन चाहने किशोरीहरुका लागि ‘मिस सिन्धुली २०१७’ आयोजना गर्ने भएको छ ।
नगद १ लाख रुपैयाँ पुरस्कार समेत दिइने प्रतियोगीतामा सौन्दर्यलाई भन्दा जानकारिमूलक शिक्षामा जोड दिइने आयोजक ग्लामरस नेपालका कोरियोग्राफर असिमज्वयल श्रेष्ठले बताए ।
व्याक्तित्व विकास, सामाजिक रहनसहन, नैतिक जिम्मेवारी, सामाजिक उत्तरदायित्व, जीवनशैली, कला, संस्कृति, बोलिचाली, क्याट वाकलगायतका बारेमा प्रशिक्षण समेत दिइने प्रतियोगीतामा१६ देखि २५ वर्षसम्मका किशोरीले मात्र भाग लिन पाउनेछन् । आजैबाट खुल्ला गरिएको आवेदन ३ कात्तिकसम्म दिन सकिनेछ ।
प्रतिस्पर्धाको फाइनल कात्तिक अन्तिम साता सिन्धुलीमाडीमा हुनेछ । विजेताले ताज, क्राउन, प्रमाणपत्र, १ लाख नगदका साथमा बिभिन्न आकर्षक पुरस्कार जिन्न सक्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप