शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बोरामा ७१ लाख भारतीय रुपैयाँ बोक्ने पक्राउ

आइतबार, ०७ असोज २०७५, १६ : १७
आइतबार, ०७ असोज २०७५

कैलाली–प्रहरीले ७१ लाख ७९ हजार भारतीय रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । 

से ४ प ६७६० नम्बरको मोटरसाइकलमा सो अवैध भारतीय रुपैयाँ बोकेर ल्याउने लम्की चुहा नगरपालिका–१  का ३२ वर्षीय कृष्णराज जैसी पक्राउ परेका हुन् ।

 भारततर्फबाट नेपाल ल्याउँदै गरेको सो रकमसहित उनलाई  कैलालीको भजनी नगरपालिका–३ मोरिया घाटबाट आइतबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी हरि ओलीले जानकारी दिए । 

सशस्त्र प्रहरी बल भजनीको टोलीबाट पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको छ । उनीबाट बरामद नगद, ५००, १००० र २००० दरको भएको बताइएको छ । 

उनी लम्कीका स्थानीय व्यापारी भएको बताइको छ । उनले कुन प्रयोजनका लागि सो रकम ल्याइएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप