शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा अन्तरार्ष्ट्रिय तामाङ समन्वय समिति गठन

सोमबार, ०८ असोज २०७५, १२ : ३७
सोमबार, ०८ असोज २०७५

न्युयोर्क– तामाङ समाज अमेरिकाको कार्यकारिणी बोर्डको प्रथम बैठकले तीन जना बोर्ड अफ डिरेक्टर मनोनयन गरेको छ ।

मनोनित हुनेहरुमा सुरेन्द्र लामा, मोतिलाल तामाङ र राजु तामाङ छन् । तामाङ समाज अमेरिकाको बिधान अनुसार अध्यक्षले ३ जना बोर्ड अफ डिरेक्टर कार्यकारिणी बोर्डमा मनोनित गर्ने प्रावधान छ ।
आइतबार बसेको तामाङ समाज अमेरिकाको प्रथम बोर्ड बैठकले तीन जनालाई बोर्ड अफ डिरेक्टरका रुपमा अनुमोदन गरेको हो ।

बैठकले अन्तरराष्ट्रिय तामाङ सम्मेलन आयोजना गर्न भरत मोक्तान तामाङ, शान्त थोकर तामाङ  र लुईसाङ वाईवा तामाङ रहेको तीन सदस्यीय अन्तरराष्ट्रिय तामाङ समन्वय समिति पनि गठन गरेको छ ।

बैठकले वरिष्ठ उपाध्यक्ष ब्रजेश लामा तामाङको अध्यक्षतामा इन्फर्मेशन टेक्नोलोजी कमिटी, उपाध्यक्ष सुमित्रा योन्जन तामाङको अध्यक्षतामा महिला शशक्तिकरण कमिटी, सचिव विनिता तामाङको अध्यक्षतामा एक्सटर्नल एफ्येर्स कमिटी, कोषाध्यक्ष फुरु लामा तामाङको अध्यक्षतामा आर्थिक कमिटी, सजुन थोकर तामाङको अध्यक्षतामा युवा तथा खेलकुद कमिटी, यूनिशा तामाङको अध्यक्षतामा सांस्कृतिक कमिटी, रिनु तामाङको अध्यक्षतामा बालबालिका विकास कमिटी, रोजबहादुर घिसिङ तामाङको अध्यक्षतामा इमिग्रेशन कमिटी र दिपेन्शा लामा तामाङको अध्यक्षतामा एजुकेशन कमिटी गठन गरेको अध्यक्ष सानुमाया तामाङले जानकारी दिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप