शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

कृषि क्रान्तिमा ओखलढुंगाका तीन युवा

सोमबार, २२ असोज २०७५, १९ : ०३
सोमबार, २२ असोज २०७५

रामहरि श्रेष्ठ  
काठमाडौं– अहिले दैनिक हजारौको संख्यामा युवाहरु बैदेशिक रोजगारीका लागि बिदेशिने गरेका छन् । धनसम्पति आयआर्जको ठुुलो सपना बोकेर युवाहरु बिदेशिने गरेका हुन् । तर ओखलढुंगामा तीन युवाहरु मिलेर देशमै केही गर्ने लक्ष्यसहित व्यवसायिक रुपमै कृषि क्रान्ति गर्न थालेका छन् ।

जिल्लाको सिद्धिचरण नगरपालिका १२ स्थित चन्दनेखोलाको किनारमा नमुना कृषि तथा पशुपंक्षी नामक फर्म दर्ता गरी व्यवसाय सुरु गरेका छन् । सोलुखुम्बु घर भएका धनबहादुर कार्कीसहित रेवती कार्की र निरकुमार गिरीले करिब डेढ करोडको लगानीमा फर्म सञ्चालनमा ल्याएका हुन् । हाल सानाठुला गरी र्फममा ७० भन्दा बढी खसी तथा बाख्रापाठा र ८० हेक्टर क्षेत्रफलमा अलैंची लगाईएको छ   ।

भिरालो जमिनमा पाईपमार्फत सिञ्चाईको व्यवस्था गरी उनीहरुले व्यक्तिगत लगानीमा व्यवसाय सुरु गरेका हुन् । कृषिमार्फत आत्मनिर्भर बन्न तथा युवाहरुलाई गाँउघरमै केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नसमेत कृषि क्रान्तिमा लागेको उनीहरु बताउँछन् ।

चार बर्ष आगाडिबाट सञ्चालन गरेको फर्मबाट हाललाई खसीबोका र ठुलो संख्यामा अलैँची उत्पादन हुँदै आएको छ । तर आफुहरुले उत्पादन गरेका वस्तुका लागि बजारको अभाव रहेको फर्मका अर्का सञ्चालक निरकुमार गिरीले बताए ।

अहिले ३० मन अलैची बिक्री नभएर थन्किएको छ । उक्त उत्पादनलाई बजारसम्म पुर्याउन स्थानिय सरकारले सहयोग गर्नुपर्ने उनीहरुको माग छ । तर सिद्धिचरण नगरपालिकाले व्यवसायिक रुपमा लाग्ने कृषकलाई सहयोग गर्दै आएको छ ।

नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले व्यवसायिक रुपमा लागेका कृषकहरुलाई कृषि शाखाले सहुलियतमा बीउबिजन उपलब्ध गराउँदै आएको बताए । जिल्लाकै नमुना मानिएको यो फर्ममा हाल दुई जना कामदारले नियमित रुपमा काम गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप