मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

द्वन्द्वकालमा जनसत्ताद्वारा रजिस्ट्रेसन गरेका घरजग्गाको समस्या समाधान गरिन्छ : प्रधानमन्त्री

शुक्रबार, २८ वैशाख २०८१, १४ : २५
शुक्रबार, २८ वैशाख २०८१

सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सल्यानको दार्मा गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गरेका छन् । आज एक कार्यक्रमकाबिच भवनको उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले द्वन्द्वकालमा जनसत्ताद्वारा रजिस्ट्रेसन गरेका घरजग्गाको समस्या समाधान गरिने बताए । 

सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी ऐन जारी हुने बित्तिकै माओवादी आधार इलाकामा जिल्लाहरूमा जनसत्ताले रजिस्ट्रेसन गरेका घरजग्गाको समस्या दीर्घकालीन रूपमा गरिने उनको भनाइ थियो । 

जनयुद्धताका रोल्पा, रुकुम, सल्यान, जाजरकोट लगायतका जिल्लाहरूमा जनसत्ताले घरजग्गा रजिस्ट्रेसन गरेको थियो ।

साथै जाजरकोट भूकम्पका लाभग्राहीको आवास निर्माणको विषयमा पनि सरकारले गम्भीर रूपमा अध्ययन गरिरहेको उनले बताए । 

‘आवास निर्माण, विद्युतीकरण, कृषि, पशुपालनको आधुनिकीकरण, व्यवसायीकरण तथा आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूति दिन सङ्घीय सरकार गम्भीर भएर लागिरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप