द्वन्द्वकालमा जनसत्ताद्वारा रजिस्ट्रेसन गरेका घरजग्गाको समस्या समाधान गरिन्छ : प्रधानमन्त्री
सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सल्यानको दार्मा गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गरेका छन् । आज एक कार्यक्रमकाबिच भवनको उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले द्वन्द्वकालमा जनसत्ताद्वारा रजिस्ट्रेसन गरेका घरजग्गाको समस्या समाधान गरिने बताए ।
सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी ऐन जारी हुने बित्तिकै माओवादी आधार इलाकामा जिल्लाहरूमा जनसत्ताले रजिस्ट्रेसन गरेका घरजग्गाको समस्या दीर्घकालीन रूपमा गरिने उनको भनाइ थियो ।
जनयुद्धताका रोल्पा, रुकुम, सल्यान, जाजरकोट लगायतका जिल्लाहरूमा जनसत्ताले घरजग्गा रजिस्ट्रेसन गरेको थियो ।
साथै जाजरकोट भूकम्पका लाभग्राहीको आवास निर्माणको विषयमा पनि सरकारले गम्भीर रूपमा अध्ययन गरिरहेको उनले बताए ।
‘आवास निर्माण, विद्युतीकरण, कृषि, पशुपालनको आधुनिकीकरण, व्यवसायीकरण तथा आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूति दिन सङ्घीय सरकार गम्भीर भएर लागिरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण