लुम्बिनीमा बुद्ध जयन्तीको तयारी, प्रधानमन्त्रीलाई निमन्त्रणा
बुटवल । लुम्बिनी विकास कोषले ५६८औँ बुद्ध जयन्ती भव्य रूपमा मनाउने भएको छ । त्यसका लागि तयारी भइरहेको कोषले जनाएको हो ।
कोषका अनुसार जेठ १० गते बुद्ध जयन्ती एवं लुम्बिनी दिवस समारोह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा कार्यक्रम गर्नेगरी तयारी भइरहेको छ ।
कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा खेन्पो छिमेले प्रधानमन्त्री प्रचण्डलाई भेट गरी औपचारिक रूपमा निमन्त्रणा गरेका छन् । कोषका कार्यकारिणी सदस्य श्याम रोक्काका अनुसार उपाध्यक्ष लामाले प्रधानमन्त्रीसहित गृहमन्त्री रवि लामिछानेलाई समेत भेट गरी बुद्ध जयन्तीका लागि निमन्त्रणा गरेको हुन् ।
बुद्ध जयन्ती एवं लुम्बिनी दिवसलाई व्यवस्थित बनाउन कोषले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । कोषले बुद्ध जयन्तीलाई उत्सवका रूपमा मनाउन ९ वटा विभिन्न उपसमिति गठन गरेको छ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती एवं लुम्बिनी दिवस मनाउने गरिन्छ । बृहत्तर लुम्बिनी क्षेत्रअन्तर्गत तिलौराकोट, रामग्राम र देवहदमा पनि विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाइँदै छ ।
वि.सं. २००६ साल जेठ ८ गतेदेखि सरकारी तवरबाट मान्यता पाएपछि नेपालमा बौद्ध मार्गी नेपालीले बुद्ध जयन्ती मनाउन थालेको इतिहास रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण