स्पेनिस ला–लिगा फुटबलमा जिरोना र एलाभेसले अंक बाँडे
काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानको जिरोनाले अंक बाँडेको छ । २ पटक अग्रता लिएर पनि जोगाउन असफल हुँदा जिरोेनाल अंक बाँड्न पुगेको हो ।
शुक्रबार राति भएको खेलमा जिरोना र एलाभेसले २–२ जिरोनाले एरिक गार्सियाको गोलमा चौथो मिनेटमै अग्रता लिएको थियो । भिक्टर त्सिहानकोवको पासमा उनले गोल गरेका थिए ।
तर, एलाभेसले १२ औं मिनेटमै बराबरी गोल फर्काएको थियो । उसका लागि जोन गुरेडीले ग्युलिनो सिमोनको पासमा बराबरी गोल गरेका थिए । ४४ औं मिनेटमा एन्जेल हेरेराले गोल गर्दै पहिलो हाफमा २–१ को अग्रता दिलाए ।
जित नजिक रहेको जिरोना दोस्रो हाफको इन्ज्योरी समयको पनि अन्तिममा गोल खान पुग्यो । नवौँ मिनेटमा जोन गुरेडीले नै व्यक्तिगत दोस्रो गोल गर्दा एलाभेसले २–२ गोलको बराबरी खेल्दै एक अंक लिन सफल भयो । जिरोना ला लिगाको तालिकामा ७५ अंकका साथ दोस्रो स्थानमा छ भने एलाभेस ४२ अंकका साथ ११ औं स्थानमा छ । ला लिगाको उपाधि भने रियल मड्रिडले जिति सकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण