मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

रुकुम पश्चिम र कालिकोटमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १५ जना घाइते

शुक्रबार, २८ वैशाख २०८१, १४ : ००
शुक्रबार, २८ वैशाख २०८१

सुर्खेत । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–१४, को २२ वर्षीय विकास खड्का र १९ वर्षीय हरि आचार्य रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख नवराज पोख्रेलले रातोपाटीलाई जानकारी दिए । 

आठबिसकोट नगरपालिका–९ राडी बजारबाट जाजरकोटको रिम्नातर्फ जाँदै गरेको ट्याक्टर आठबिसकोट –१४ छेपारेमा केहीबेर अघि मात्रै दुर्घटनामा परेको थियो । घटनामा परी तीन जना घाइते भएका छन् । घाइतेलाई उपचारको लागि चौरजहारी अस्पताल लगिएको र घटनाको थप विवरण आउन बाँकी छ ।

यता कालिकोटमा बोलेरो जिप दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । कर्णाली कोरिडोर अन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–३, मानेगडाबाट पचालझरना गाउँपालिकाको घाटाचौर भन्ने ठाउँतर्फ जाँदै गरेको ग ३ च ६५०६ नम्बरको बोलेर जिप गएराती १० बजे दुर्घटनामा परेको कालिकोट प्रहरीले जनायो । 

जिप पचालझरना गाउँपालिका–८, को सिँजाबगरमा दुर्घटना भएको कालिकोटका प्रहरी प्रमुख अर्जुन केसीले जानकारी दिए । घाइेतहरुलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप