आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्न काठमाडौँ महानगरले गरायो सचेत
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा सञ्चालित शिक्षण संस्थाहरू र अस्पताल तथा सोमा आबद्ध शिक्षक, प्रशिक्षक तथा कर्मचारीहरूमा स्वास्थ्य सेवा नियमित गर्न र कानुन बमोजिम कार्य मात्र गर्न सचेत गराएको छ ।
महानगरले आज एम सूचना जारी गर्दै शिक्षण संस्थाहरूमा आबद्ध अस्पतालहरूमा स्वास्थ्य सेवा प्राप्त गर्न जाँदा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू एवं कर्मचारीहरू उपलब्ध नहुने गरेको, सो समयमा अन्यत्र काम गर्ने गरेको, शल्यक्रिया, सिटी स्क्यान, एमआरआई स्क्यान जस्ता सेवाहरूका लागि महिनौँसम्म कुर्नुपर्ने भनी सर्वसाधारणहरूको गुनासाहरू आएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ४१ र राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ को नियम ३७ (क) मा चिकित्सा शिक्षा प्रदान गर्ने संस्थाका शिक्षक, प्रशिक्षक तथा कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहितामा “आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्ने” भन्ने बाध्यात्मक व्यवस्था भएको भन्दै यसको पालना गर्न महानगरले निर्देशन दिएको छ ।
उक्त कानुनी व्यवस्था बमोजिम सर्वसाधारणहरूले अस्पतालहरूबाट सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न नसकेमा वा विद्यमान कानुनी व्यवस्थाको उल्लङ्घन भएको देखिएमा अनुगमन तथा नियमनको माध्यमबाट प्रचलित कानुनी व्यवस्था बमोजिम कारबाही गरिने महानगरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण