मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता

शुक्रबार, २८ वैशाख २०८१, १८ : ५८
शुक्रबार, २८ वैशाख २०८१

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वैशाख ३१ गते विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका छन् । 

प्रदेशसभाका प्रदेशसभा सचिव गोपाल पराजुलीले दिएको जानकारी अनुसार मुख्यमन्त्री कार्कीले उक्त प्रस्ताव दर्ता गराएका हुन् । तीन दिन अगाडि प्रस्ताव दर्ता गर्नुपर्ने प्रचलन अनुसार उनले विश्वासको मतसम्बन्धी प्रस्ताव दर्ता गराएका हुन् । 

प्रदेशसभाको अधिवेशन सोही प्रयोजन र बजेट छलफलका लागि आव्हान भइसकेको छ । कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २७ गते बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीले बुधबार नै शपथ ग्रहण र पदभार ग्रहण गरिसकेका छन् । यस्तै उनले आफ्नो क्याबिनेटमा एमालेबाट रामबहादुर राना र माओवादीबाट गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरिसकेका छन् । 

उता, उनको नियुक्ति प्रक्रियाविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले भने सर्वोच्च अदालतमा बुधबार नै रिट दायर गरेका छन् । उक्त रिटमाथि बिहीबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिनु नपर्ने जनाएको छ । यस्तै पूर्ण सुनुवाइका लागि जेठ ९ गतेको लागि समय तोकिएको छ । 

जेठ ९ गतेभन्दा अगाडि नै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएको खण्डमा केदार कार्कीको मुद्दा अझै कमजोर हुने ठानिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप