जीतपुर सिमरा–३ का वडाध्यक्ष कार्की भ्रष्टाचार मुद्दामा दोषी ठहर
बारा । विशेष अदालतले जीतपुर सिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष तारा बहादुर कार्कीलाई दोषी ठहर गरेको छ । बैशाख २७ गते बिहीबार विशेष अदालतको दैनिक पेसी सूचीमा वडा अध्यक्ष कार्कीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको जनाइएको छ।
२०८० साल माघ १० गते सेवाग्राहीसँग घुस लिएको आरोपमा विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको थियो ।
विशेष अदालतले दोषी ठहर गर्दा वडाअध्यक्ष कार्की निर्णय बदरको माग राख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवादी बनाई पुनरावेदनको लागि फागुन ३ गते विशेष अदालतमा मुद्दा दर्ता गराएका थिए । इजलास नम्बर १ का अध्यक्ष न्यायाधीश टेक नारायण कुँवर र सदस्य न्यायाधीश तेज नारायण सिंह राईको फैसलाले पहिलाको निर्णयलाई नै सदर गरेको थियो ।
पुस २ गते हेटौँडा स्थित अख्तियारको टोलीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तारा बहादुर कार्कीलाई पाँच लाख घुस रकम सहित पक्राउ गरेको थियो । नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित कार्कीलाई जितपुर स्थित जयसवाल होटलबाट घुस रकम सहित पक्राउ गरिएको आयोगले जनाएको छ ।
वडाध्यक्ष कार्कीले पल्टीङ्ग जग्गाको बाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस रकम लिई रहेको अवस्थामा आयोगको टोलीले ५ लाख नगद रकम सहित पक्राउ गरेको थियो। कार्की नेकपा एमालेका मधेस प्रदेश कमिटी सदस्य हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण