शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संघीयताको लाभ जनतालाई हस्तान्तरण गर्नुपर्छः मुख्यमन्त्री शाही

शुक्रबार, ०२ कात्तिक २०७५, १४ : ०६
शुक्रबार, ०२ कात्तिक २०७५

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सङ्घीयताको लाभ जनतालाई हस्तान्तरण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

नेपालीहरुको महान् चाड विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले तीव्र आर्थिक तथा भौतिक विकास गरी सामाजिक न्यायसहितको समृद्ध प्रदेश निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

मुख्यमन्त्री शाहीले कर्णालीमा रहेका प्रचुर प्राकृतिक स्रोत–साधनको सदुपयोग गर्दै जनता र नेतृत्वको तीव्र इच्छाशक्ति एवम् कडा मेहनतबाट छोटो अवधिमै समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरे । 

‘सार्वजनिक सेवा प्रवाह र विकास निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउन आवश्यक कानून संरचना र योजना निर्माणमा सरकार लागिपरेको छ’, उनले भने, ‘यसका लागि हाम्रा मौलिक परम्परा कला–संस्कृति चाडपर्वले एकताबद्ध भएर प्रदेश निर्माणमा अघि बढ्न प्रेरणा मिल्नेछ ।’  

मुख्यमन्त्री शाहीले केन्द्रीकृत शासन प्रणालीको विकल्पमा जनअपेक्षाबमोजिम लागू भएको सङ्घीय शासन प्रर्णालीलाई सफल पार्नसमेत सबैमा आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप