शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रेनल्टको नो हर्न र्याली

आइतबार, ०८ साउन २०७४, १७ : २२
आइतबार, ०८ साउन २०७४

काठमाडौं– आफ्नै ब्राण्डको साधन प्रयोग गरी रेनल्टले नो हर्न नामक जनचेतना मुलक कार र्याली सफलतापुर्वक सम्पन्न गरेको छ । २५ रेनल्ट कार सहभागी र्यालीमा कार धनीहरु परिवारसहित सहभागी थिए ।

र्याली थापाथली शो रुमबाट सुरु भई कोटेश्वर सल्लाघारी हुदै नगरकोट पुगेको थियो । कम्पनीका जनरल म्यानेजर अधिर श्रेष्ठले र्यालीका सहभागीलाई झन्झटरहित प्राविधिक सहयोग प्रदान गरी सामाजिक चेतनामुलक कार्यक्रममा सहभागी गराउन पाएकोमा खुसी ब्यक्त गर्दैै आगामी दिनमा पनि अझ प्रभावकारी ढंगले यस्ता कार्यक्रहरुलाइ निरन्तर आयोजना गर्ने बताए । 

कार्यक्रम नेपाल ट्राफिक प्रहरी महाशाखाको सहयोग तथा इप्लानेटको व्यवस्थापनमा सम्पन्न भएको थियो । काठमाडौ महानगरपालिकासँगको नो हर्न क्याम्पेनसँग सहकार्य गर्दै कम्पनीले यो अभियान जारी राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप