शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ को संसद बैठक मंसिर दोश्रो सातादेखि सुरु हुने

बिहीबार, २९ कात्तिक २०७५, १२ : ५६
बिहीबार, २९ कात्तिक २०७५

बुटवल । प्रदेश नम्बर ५ को प्रदेशसभा बैठक मंसिर दोश्रो साता बस्ने गरी तयारी सुरु भएको छ । सोही अनुसारको बिजनेश सरकारले तयार परेको छ । 

सरकारले औपचारिक निणर्य गरेर प्रदेश प्रमुखबाट बैठक आह्वान गरेको पत्र नआएको भएपनि  मंसिर दोश्रो साताबाट बैठक सुरु गर्ने अनौपचारिक कुराकानी भएको सभामुख पूर्ण बहादुर घर्तीले जानकारी  दिएका छन् । 
जसका लागि सरकारले कम्तीमा ४० बटा बिधेयकको तयारी रहेको  प्रदेश सरकारका प्रवक्ता भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताए ।

उनले प्रदेश प्रमुख र सभामुखसँग मुख्यमन्त्रीले अनौपचारिक छलफल गरी मिति तय गरेपछि मन्त्रिपरिषदको बैठकबाट निणर्य गरी प्रदेश प्रमुखमा सिफारिस गरेपछि बैठक आह्वान हुने बताए । 

 अहिलेसम्म ३६ विधेयकका अवधारणापत्र मन्त्रिपरिषद्बाट स्वीकृत भएर काम अघि बढेका छन् । तीमध्ये १२ विधेयक तयार भइसकेका छन् । 

 गत साउन २४ गते बिजनेश बिहीन भएर दोश्रो अधिबेशन सकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप