पोखरामा मनाइयो समलैंगिक दृश्यता दिवस
काठमाडौँ । पोखरामा समलैंगिक दृश्यता दिवस मनाइएको छ । मितिनी नेपालको आयोजनामा गण्डकी प्रदेशको पोखरामा दिवसको अवसरमा र्यालीको आयोजना गरिएको हो ।
र्याली पोखरा, लेकसाईड स्ट्रिट–२ बाट सुरु भई वाराही चोकमा चोकमा कोणसभामा परिणत भएको थियो । र्यालीमा विभिन्न प्रदेशका समलिङ्गी, द्धयलिंगी र क्वेर महिलाहरूका साथै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको उपस्थिति थियो ।
Lesbian Rights are Human Rights ‘समलिङ्गी महिला पर्खँदैन, अधिकार नलिई फर्कँदैन,’ समलिङ्गी महिलामाथि हुने हिंसा अन्त्य गरौँ, ‘Love has no gender, Love is Love,’ जस्ता नाराहरू लगाइएको थियो ।
र्यालीलाई सम्बोधन गर्दै समलिङ्गी ज्येष्ठ महिला सुकमाया मगर र समुदायबाट कुसुम सुनुवार र कविता तामाङले समलिङ्गी महिला पनि महिला भित्रको विविधता भएको बताउँदै समलिङ्गी महिलाको पहिचान, प्रतिनिधित्व र पहुँचका लागि राज्यले विशेष सम्बोधन गर्नुपर्ने बताएका थिए ।
पोखरा महानगरपालिका, सामाजिक विकास शाखाकी विष्णुमाया पौडेलले राज्यको हरेक निकायमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको पनि समानुपातिक प्रतिनिधित्व हुनुपर्ने बताइन् । आगामी नीति तथा कार्यक्रमहरू बनाउँदा, बजेट विनियोजनमा समुदायको सुझाव र सहयोग आवश्यक रहेको बताइन् ।
राष्ट्रिय मानवअधिकार आयोगका मानव अधिकार अधिकृत खिमलाल सुवेदीले समुदायको मानव अधिकारको संरक्षण र संवर्द्धनका लागि आयोग सदैव तयार रहेको बताए ।
मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलानले समुदायले विभिन्न किसिमको उत्सव मनाई रहँदा समलैंगिक दृश्यता दिवसले महत्त्वपूर्ण भूमिका खेलेको बताए । राष्ट्रिय मानवअधिकार आयोगले समुदायको विषयलाई गम्भीर रूपले लिएको भन्दै फरक यौनिकता भएका महिलाको मुद्दालाई महिला आन्दोलनका साथै राज्यले सम्बोधन गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण