शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

खासोग्गी हत्याः साउदीका पाँच अधिकारीलाई मृत्युदण्डको माग, सरकारी वकिलले भने, ‘युवराज सलमान निर्दोष’

शुक्रबार, ३० कात्तिक २०७५, ०७ : ५८
शुक्रबार, ३० कात्तिक २०७५

अमेरिकी पत्रिका वासिङ्टन पोष्टका पत्रकार जमाल खासोग्गीको हत्या मामलामा साउदीका पाँच अधिकारीलाई मत्युदण्डको सजायँ दिइनुपर्ने  माग गरिएको छ । साउदी अरबका सरकारी अभियोजकले  खासोग्गीको हत्या वरिष्ठ अधिकारीको आदेशमा भएको र यसमा युवराज मोहम्मद बिन सलमानको संलग्नता नरहेको जानकारी दिएका छन् ।

बिहिबार यस मामलाको सुनुवाईको क्रममा साउदी अरबको तर्फबाट पहिलो पटक खासोग्गीको हत्या कसरी गरिएको थियो भन्ने जानकारी दिइएको थियो । सरकारी वकिलका प्रवक्ताका अनुसार खासोग्गी अक्टोबर दुई तारिखमा इस्तानबुलस्थित साउदी दूतावास पुगेका थिए त्यहाँ केही मानिसहरुसँग हातपातपछि उनलाई घातक सूई लगाइएको थियो । उनका अनुसार उनका शरिरलाई स–साना टुक्रा बनाइयो र दूतावास बाहिर एक एजेन्टलाई सुम्पिइयो । यसबारे युवराजलाई केही पनि जानकारी नभएको उनले ठोकुवा गरे ।

प्रवक्ताका अनुसार साउदी अरबको गुप्तचर विभागका डेप्युटी चीफ जनरल अहमद अल–असीरीले खासोग्गीलाई साउदी अरब फिर्ता हुन आदेश दिएका थिए । उनको आदेश पालना नगरेपछि असीरी आफ्नो टीमसँग इस्तानबुल गएका थिए जसले खासोग्गीको हत्या गरे । सरकारी वकिलले ती पाँच अधिकारीलाई मृत्युदण्डको सजायँ दिन अपिल गरेका छन् जसले खासोग्गीको हत्या गरेको स्विकारेका छन् । अभियोजकले ११ जनामाथि हत्यामा मुद्दा दर्ता गरेका छन् भने हत्यामा संलग्नको आशंकामा अन्य १० जनामाथि अनुसन्धान जारी छ ।

डिप्युटी सरकारी अभिायेजकले प्रेस वार्ताको क्रममा हत्याको आदेश दिने व्यक्तिको नाम भने सार्वजनिक गरेनन् ।

उनले खासोग्गीको हत्याको आदेश दिने व्यक्ति उक्त टीमको प्रमुख भएको बताए ।

रियादमा आयोजित पत्रकार सम्मेलनमा डेप्युटी सरकारी अभियोजक शालान बिन राजी शालानले हत्यापछि खासोग्गीको शरिरलाई टुक्रा–टुक्रा पारेर दूतावास बाहिर ल्याइएको जानकारी दिए ।

यस्तै युवराज मोहम्मदका आलोचकले हत्यामा उनको संलग्नता नभएको भन्ने खबरलाई पत्याउन सकिरहेका छैनन् ।

यो मामलामा अहिलेसम्म २१ जनालाई हिरासतमा लिइएको छ भने दुई उच्च अधिकारीलाई पदबाट हटाइएको छ ।

टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले भने, ‘मलाई राम्रोसँग थाहा छ कि खासोग्गीको हत्याको आदेश साउदी सरकारका उच्च स्तरबाटै जारी गरिएको हो ।’

यद्यपी, आदेश जारी गर्नमा युवराजको कुनै पनि भूमिका छैन भन्ने खबरलाई उनी ठाडो अस्विकार गर्छन् ।

यसअघि युवराज मोहम्मदले यो हत्यामा आफ्नो कुनै पनि भूमिका नरहेको र यसलाई जघन्य अपराध बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप