शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

समृद्धि र विकास मुलुकको अहिलेको मुख्य कार्यभार  ः सहमहामन्त्री डा महत

शुक्रबार, ३० कात्तिक २०७५, १९ : ४७
शुक्रबार, ३० कात्तिक २०७५

बर्दिवास । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले समृद्धि र विकास मुलुकको अहिलेको मुख्य कार्यभार रहेको बताएका छन् । 

आज महोत्तरीको भङ्गाहा नगरपालिका सीतापुर बजारमा पार्टी नगर समिति कार्यालयको उद्घाटन गर्दै डा. महतले राजनीतिक पद्धतिले लोकतान्त्रिक पद्धति अँगालेपछि अब आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको बताए । 

मुलुकको यो कार्यभार नेपाली काङ्ग्रेसले बुझेको र काङ्ग्रेसले नै यस अभियानको नेतृत्व गर्न सक्ने डा. महतको भनाइ थियो । 

भौगोलिक, सांस्कृतिक र धार्मिक विविधताको नेपालका लागि यिनै पक्ष समृद्धिका आधार हुने डा. महतले बताए । 

सगरमाथा, जनक, जानकी, लुम्बिनी, मुक्तिनाथ र पशुपतिनाथ जस्ता फरक÷फरक भूगोलका सांस्कृतिक धरोहर मुलुकको पहिचान भएका र यिनै पहिचानलाई मुलुकको समृद्धि अभियानसँग जोड्नुपर्ने डा. महतको भनाइ थियो । 

मुलुकको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक पद्धति काङ्ग्रेसको विचार मात्र नभई जीवन पद्धति नै भएको डा महतले बताए । 

‘लोकतन्त्र काङ्ग्रेसको जीवन पद्धति हो’, डा. महतले भने, ‘कम्युनिष्ट लोकतन्त्रको उपयोग गर्छन्, काङ्ग्रेस लोकतन्त्रको उपयोग हैन, जीवनको अभिन्न पद्धति ठान्दछ ।’ 

समारोहमा काङ्ग्रेस केन्द्रीय सदस्यहरु किरण यादव र महेन्द्र यादवलगायतले सम्बोधन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप