उपचार गर्न नसकेर मृत्यु कुर्दै नेपाली, भाग्यमानी ग्रुपद्धारा सहयोग
गुल्मी । गुल्मी जिल्लाको दरबार गाउँपालिका वडा नम्वर ३ राजा लेतुङ्गाका ४० वर्षीय गंगाबहादुर नेपाली गत एक बर्षदेखि क्यान्सर रोगको उपचार गर्ने रकम नहुँदा मृत्यु कुर्न बाध्य हुनुपरेको छ ।
२६ महिनासम्म कतारको मजदुरी गरेर फर्केपछि गरिबीबाट मुक्त हुने सपना बोकेका नेपालीको घर आएपछि क्यान्सर रोगको कारण सपना चकानचुर हुन पुग्यो ।
दुई सन्तान र श्रीमति बसन्ती नेपाली यतिबेला रुवावासी गर्दै सबैसँग सहयोगको याचाना गर्दै हिँडेका छन् । पिडित नेपालीलाई गौडाकोट, राजा, विरवास लगायतका स्थानमा पुख्र्यौली घर भई बुटवलमा बस्ने बाल्यकालका विद्यार्थी साथीहरुले खोलेको फेसबुक पेज भाग्यमानी ग्रुपमार्फत सहयोग अभियान चलाएर १ लाख ८२ हजार नगद सहयोग हस्तान्तरण गरेका छन् ।
सहयोग गर्नेहरुमा रोहीत भुसाल बुटवल ३५ हजार, विरवल शर्मा बुटवल ३० हजार, कविता शाह काठमाडौं २० हजार, सुर्य सुवेदी बुटवल १० हजार सहयोग गरेका छन् ।
त्यस्तै १० हजार सहयोग गर्नेहरुमा कमल अर्यालय बुटवल, राजु कार्की गौंडाकोट, युकेमा कार्यरत मुकुन्द रजाली, सोही स्थानमा कार्यरत लोकेन्द्र पुवारे मगर, लोकेन्द्र पुवारे मगर र अमेरिकामा कार्यरत भास्कर खनाल, कोरियामा कार्यरत माधव कँडेल रहेका छन् ।
त्यस्तै सोही स्थानमा कार्यरत क्रमशः ५ हजारका दरले तम्घासबाट नविन सारङ्गकोटी, थम्मन घिमिरे र तेजबहादुर सुवेदीले सहयोग गरेका छन् । नेपालीको उपचारको लागि लालमोहन स्वर्णकार र रुपन्देही मुर्गियाबाट मित्र भुसालले पनि सहयोग गरेका छन् ।
नेपालीको उपचार भरतपुर अस्पतालमा भईरहेको थियो । अस्पतालले मागेको जति पैसा उपलब्ध गराउन नसकेपछि निकालेर घर पठाएको उनकी श्रीमती बसन्तीले बताइन् ।
श्रीमानको मृत्यु कुर्नु शिवाय आफ्नो अरु कुनै उपाय नभएको भन्दै भक्कानो छाड्दै उनले भनिन्– ‘जति सक्नुहुन्छ सहयोग गरेर मेरो श्रीमानलाई बचाइदिनुस् ।’