शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वडाध्यक्षले गरे यस्तो प्रतिवद्धता : एक बर्षभित्र सम्पन्न गर्ने लक्ष्य

बुधबार, ११ साउन २०७४, ०९ : ५१
बुधबार, ११ साउन २०७४

पाल्पा - रैनादेवि छहरा गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्कीले एक वर्ष भित्रमा तीन वटा विकासका काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् । 

रैनादेवि छहरा गाउँपालिका वडा नम्बर २ सोमादिमा भएको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै कार्कीले उक्त प्रतिवद्धता जनाएका हुन् ।

यस्ता छन् कार्कीका प्रतिवद्धता
'विकासको मेरुदण्ड मोटरबाटो हो त्यसैले जहाँ मोटरबाटो हुन्छ त्यहाँ विकास सम्भव हुन्छ । बाटोको राम्रो व्यवस्था नहुँदा अझै पनि यस गाउँपालिकाका बासिन्दालाई कठिनाई हुँदै आएको छ । एक वर्षभित्रमा प्रत्येक टोल–टोलमा मोटरबाटो पु¥याउँछु ।'

'एकासौँ शताब्दीमा पनि यो गाउँपालिकाका बासिन्दा अन्धकारमा बस्न बाध्य छन् । सत्यवति, जुठापौवाका विद्यार्थी अझै टुकि बालेर लेखपढ गर्न बाध्य छन् । एक वर्ष भित्रमा प्रत्येक घर–घरमा बिजुली वत्ती वाल्नेछु ।' 

'प्राकृतिक रुपमा सम्पन्न भए पनि रैनादेवि छहरा गाउँपालिकामा स्वच्छ खानेपानी बाट स्थानीय बन्चित छन् । पानी ल्याउन घण्टौं हिड्नुपर्ने बाध्यतामा यहाँका वासिन्दा छन् । एक घर एक धारा पार्टीको घोषण पत्र भएकाले त्यसैमा टेकेर एक वर्षमा प्रत्यक घर–घरमा स्वच्छ खानेपानी वितरण गर्नेछु ।'

कार्यक्रममा गाउँपालिका उप प्रमुख चेतना थापा, क्षेत्रिय सदस्य शंकर रायमाझि, ,सोमादी वडा अध्यक्ष जीवनाथ पोखरेल, गाउँपालिका मनोनित सदस्य लक्षमण घिताङ्ग दलित महिला सदस्य मुना दर्जीले शुभकामना एिका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप