शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कञ्चनपुर प्रहरी हिरासतमा रहेका ४ जना बिरामी

शुक्रबार, २० पुस २०७५, १२ : ५९
शुक्रबार, २० पुस २०७५

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका चारजना बिरामी परेका छन् । 

कञ्चनपुर खोका छाप्रा तथा उद्धार समितिको आयोजनामा प्रशासनमा ज्ञापनपत्र बुझाउन जाने क्रममा बिहीबार पक्राउ परेका चार जना बिरामी परेका हुन् । 

बिरामी परेका ६५ वर्षीय रामनाथ योगी, ७९ वर्षीय कमलापती भट्ट, ७७ वर्षीय प्रताप धामी र ६९ वर्षीय मन्दिर विष्टलाई जिल्ला प्रहरी कार्यालयले महाकाली अञ्चल अस्पतालमा उपचार गरेको छ । 

चिसोका कारण उनीहरु बिरामी परेका महाकाली अञ्चल अस्पतालले जनाएको छ । महाकाली अञ्चल अस्पतालका डा.वैभव भट्टले चारै जनाको उपचार गरिएको बताए । 

उपचारका लागि ल्याइएका चारै जनाको अवस्था बिहीबार साँझ ४ बजेसम्म सामान्य रहेको छ । डा. भट्टका अनुसार रामनाथ योगीको मुटुको शल्यक्रिया गरिएकाले उनलाई चिसोबाट बचाउनुपर्ने देखिएको छ । 

भट्टलाई ग्याष्ट्रिक, धाँमीको श्वासप्रश्वासमा समस्या र विष्टको टाउको दुखेको चिकित्सक भट्टको भनाइ छ । डा.भट्टले चारै जनालाई न्यानो ठाउँमा राख्नुपर्ने सुझाव दिएका छन् । 

महिला स्वास्थ्य स्वयंसेविका सम्मानित 

बेलडाँडी गाउँपालिकाका १३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई नगद रकमसहित बिहीबार सम्मानित गरिएको छ । 

गाउँपालिकाको वडा नं १ को कार्यालयले निःस्वार्थ सेवा भावनाले सेवामा संलग्न महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै दोसल्लासहित जनही रु तीन हजारका दरले सम्मान गरेको हो । निःस्वार्थ भावका साथ खटेर स्वास्थ्य जस्तो गम्भीर विषयमा पुर्याएको सहयोगको प्रशंसा गर्दै मनोबल उच्च राख्नका लागि सम्मानित गरिएको वडाध्यक्ष अम्मरबहादुर खत्रीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप