शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पुस २७ गते : प्रदेश पाँचको हेडलाइन, कहाँ के भयो ?

शुक्रबार, २७ पुस २०७५, २० : ४५
शुक्रबार, २७ पुस २०७५

सरकारको समिक्षा गर्ने बेला भएको छैन : मन्त्री खनाल

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रमणी खनाल ‘बलदेव’ले सरकारको समिक्षा गर्ने बेला नआएको बताए । शुक्रवार अर्घाखाँची उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको चौथो अर्घाखाँची महोत्सवको उद्घाटन गदै खनालले यो सरकारले क्षणिक विकास नभई जग बसाउने गरि विकास गर्ने योजनामा रहेको बताए । 

निर्वाचनको समयमा गरिएका वाचा पुरा गर्ने बताउँदै वृद्धवृद्धाहरुको भत्ता सरकारले दोब्बर बनाउने स्पष्ट पारे । नेपालमा पानीजहाज र रेलको कुरा सपना नभई वर्तमान सरकारले ५ वर्षमा पुरा गर्ने बताए ।  

गुल्मीमा रहेको कफिजोन लाई सुपरजोनमा परिणत गरी ५ जिल्लामा कफि उत्पादनमा सुधार ल्याउने गरि योजना राखिएको बताए । अर्घाखाँची जिल्ला मासु दुध उत्पादन आत्मनिर्भर रहेको बताउँदै खनालले बुटवलमा बिक्री केन्द्र बनाउने योजना रहेको बताए । 

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनमा हरेक तहमा संयोजक तोकिने : मन्त्री विष्ट

सरकारले सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका लागि हरेक तहमा संयोजक तोकेर तिब्रताका साथ कार्यान्वयनमा जाने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताए ।  

पाल्पाको रामपुरमा शुक्रबारदेखि शुरु भएको दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको उद्घाटन गर्दै मन्त्री विष्टले इतिहासमै पहिलोपटक ३ तहको सरकारको अभ्यास भैरहेकाले स्थानीय तहलाई जोड दिँदै सरकारले सामाजिक सुरक्षा कार्यक्रमबाट देशभरका श्रमजीवी वर्गलाई जोड्ने र देशलाई समृद्दीतर्फ लैजाने बताए । 

उनले  नेपाली जनताले नेपालभित्रै रोजगारी पाउन भनेर सरकारले विभिन्न कार्यक्रम ल्याएको बताउँदै अबको ५ बर्षमा समृद्द नेपालको खाका तयार गरिसक्नेमा जोड दिए । 

३५ बर्षअघि रामपुरमा आएको स्मरण गर्दै मन्त्री विष्टले भौगोलिक सुन्दरताले दिएको रामपुर उपत्यकामा औधोगिक बिकास गरि हजारौं युवालाई रोजगार दिन सकिने बताए । 

५ नम्बर प्रदेशमा गाडी खरिद प्रकरणः रातोपाटी फ्लोअफ गाडी खरिदमा छानबिन 

प्रदेश नम्बर ५ प्रदेशसभा सार्वजनिक लेखा समितिले प्रदेश सरकारले गाडी खरिदमा गरेको अनियमितताको छानबिन प्रक्रिया शुरु गरेको छ ।

समितिको शुक्रबार बसेको दोस्रो बैठकले खरिद गरिएका गाडीमा भएको अनियमितता बारेमा फाइल मगाएर थप अध्ययन र अनुसन्धान थालेको हो । 

‘जनताले तिरेको करलाई कसैले दुरुपयोग गर्न पाइदैन, अनुसन्धानका लागि गठित उपसमितिले पनि सहि ढंगले खबरदारी गर्ने दायित्व पुरा गर्ने प्रतिबद्धता गर्नैपर्छ,’ सभापति  डिल्ली चौधरीले भने । 

अनियमिमताको छानबिनका लागि नेकपाका सांसद कुलप्रसाद पोखरेल संयोजक रहेको प्रारम्भिक अध्ययन जसको सदस्यमा कांग्रेसका सांसद बैजनाथ कलना, राजपाका सांसद कल्पना पाण्डे रहेका छन् । 

त्यो समितिले, फाइल खोल्ने र आएका कागजपत्र र नपुगेका कागजहरुको बारेमा माघ ४ गते दिनको ११ बजे बस्ने लेखा समितिको बैठकमा बुझाउनेछ । लेखा समितिको पुस २३ गते पहिलो बैठक बसेको थियो  । आज बजेको समितिले कार्यविधी पनि पारीत गरेको छ । 

लुम्बिनीमा बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (पर्यटन मेला) 

गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (पर्यटन मेला) शुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले शुक्रबार एक समारोहका बीच  मार्टको उद्घाटन गरेका हुन् । 

सो अवसरमा बोल्दै मन्त्री अधिकारीले लुम्बिनी नेपालको प्रमुख पर्यटकीय केन्द्र रहेकाले यसको प्रचार अन्तर्राष्ट्रिय स्तरमा गर्न आग्रह गरे । उनले लुम्बिनीलाई नै केन्द्रविन्दुमा राखेर सरकारले भैरहवामा निर्माणधिन अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई तिव्रता दिएको बताए । उनले आउँदो सेप्टेम्बरसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुने दावी गरे । 

उनले सरकारले सन् २०२० को नेपाल भ्रमण बर्षलाई लक्षित गरेर सरकारले विभिन्न कार्यक्रम गर्न थालेको बताए । भ्रमण बर्ष २०२० सम्म २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यभन्दा धेरै पर्यटक आउने उनको विश्वास छ । उनले बुद्धिस्ट सर्किटको विकासमा सरकारले काम गरिरहेको समेत बताए । 

रुपन्देहीको सैनामैनाको चौथो नगरसभा सुरु

सैनामैना नगरपालिकाको चौथो नगरसभा शुक्रबार सुरु भएको छ । चौथौ नगरसभा अन्तर्गत प्रथम बैठकको शुभारम्भ गराउँदै नगरप्रमुख चित्रबहादुर कार्कीले आर्थिक वर्ष २०७५÷७६ लाई ‘समृद्धिको इतिहास रच्ने आधार वर्ष’ बनाउने गरी कार्यक्रहरु सञ्चालन गरिएको बताए ।  

सैनामैना नगरपालिकाको नगर गुरुयोजना तर्जुमा गरी नगरको अल्पकालिन, मध्यमकालिन तथा दीर्घकालिन बिकासका लक्ष्यहरु निर्धारण गरिएको बताउँदै उनले त्यसमा सहकार्य गर्न सैनामैनाका सबै समुदायलाई आग्रह गरे । 

नगर गुरुयोजनाको आधारमा योजनाहरुको प्राथामिकताक्रम निर्धारण गरेर सबै वडाहरुमा छलफलपश्चात मात्रै योजना छनौट गरिएको नगरप्रमुख कार्कीले बताए । सैनामैनाको आवधिक योजना, वार्षिक नीति कार्यक्रम र बजेटलाई एक आपसमा सामञ्जस्यता कायम हुने गरी कार्यक्रमहरु तय गरिएको प्रमुख कार्कीको भनाइ छ । 

जीप र मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
गतराती अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा जीप दुर्घनामा परेर घाइते भएका एकजनाको मृत्यु भएको छ । जिल्लाको अर्घाखाँची र गुल्मीको सिमाना छत्रदेव गाउँपालिका–७ देउरालीमा लु१ज १७६८ नम्बरको जीप दुर्घटनामा परेको हो ।

गम्भीर घाइते भएकी अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–५ की ६५ वर्षीया फुर्सीदेवी वम्रेलको उपचारका लागि पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।  दुर्घटनामा अन्य चार जना घाइते भएको गुल्मीका प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिए । 

प्युठानमा ३ घर जलेर खरानी
जिल्लाको प्युठान नगरपालिका–८ धर्मवती भेडावारीमा तीन घर जलेर नष्ट भएका छन् । सो गाउँका रेनु नेपाली, काली नेपाली र बम्बु नेपालीको घर गोठ जलेर खरानी भएका हुन् । 

आगो बिहानपख नियन्त्रणमा लिइएको स्थानीय युवा सुमनराज श्रेष्ठले बताए । दुई घण्टाको पैदलयात्रा हिँडेर पुगेका युवाहरुले आगो नियन्त्रणमा लिइएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप