शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कमेडीले भरिएको फिल्म ‘जोकर’ ट्रेलर

आइतबार, १३ माघ २०७५, १२ : १९
आइतबार, १३ माघ २०७५

काठमाडौं – कमेडी बिषयमा निर्माण भएको फिल्म ‘जोकर’ले ट्रेलर सार्वजनिक गरेको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले अहिले ट्रेलर ल्याएको हो । 

कमेडीले भरिपुर्ण ट्रेलरमा फिल्ममा मुख्य कलाकर महादेव त्रिपाठी कसरी जोकर बने भन्ने कथा प्रस्तुत गरिएको छ । फिल्म ३ फागुनबाट देशभर प्रदर्शनमा आउँदैछ । 

याक इन्टरटेनमेन्ट प्रा लिको प्रस्तुति रहेको फिल्म कलाकार महादेव त्रिपाठीले निर्देशन गरेका हुन् । विशेष पन्तको लेखन, गणेश श्रेष्ठ, कर्णबहादुर तामाङ, केदारप्रसाद रईला, सामन र रेहान तथा कुमार सिलवालको संयुक्त निर्माणमा फिलम तयार भएको हो । 

रिच ईन्टरटेर्मेण्टबाट करण श्रेष्ठ क्रेजीले वितरण गर्ने फिल्ममा त्रिपाठीसँगै सिम्पल खरेल, सुरेन्द्र केसी (मुलाको साग), शिव शंकर रिजाल (जोगेन्द्र), अन्जु थापा, नवराज श्रेष्ठ, मेरी बास्यैकी अप्सरा लक्ष्मी श्रेष्ठ, राजेन्द्र गिरी, विनोद राई, बिशेष पन्त, सरु धिमाल, लगायतका कलाकारको अभिनय रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप