कतारमा ६२५ नेपाली कामदार अलपत्र
कतार । कतारस्थित अल जावर पार्टनर्स कम्पनीमा कार्यरत ६२५ जना नेपाली कामदार अलपत्र परेका छन्। कम्पनीले ५ महिनासम्मको तलब नदिएपछि आफूहरू अलपत्र परेको उनीहरूको भनाइ छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष रमेश भट्टले उक्त कम्पनीमा काम गर्ने करिब १ हजार ५०० कामदारमध्ये ६२५ जना नेपाली भएको जानकारी दिए । उनीहरूले पाँचदेखि तीन महिनासम्मको तलब नपाएको भट्टको भनाइ छ ।
‘बस्न त कम्पनीमै बसेका छन् । तर, तलब नपाएको कारणले खानामा समस्या भएपछि हामीले (एनआरएनए कतार) सुरुमा व्यक्तिगतरुपमा र पछि कतारको श्रम विभाग र रेडक्रससँग समन्वय गरी खाद्यान्नको व्यवस्था गरेका छौँ’, उनले भने।
श्रमिकहरूले आफूहरूले पाउनुपर्ने बक्यौता रकम लिएर नेपाल फर्किने व्यवस्था मिलाउन माग गरेका छन् । यदि नियमित तलब दिने ज्ञारेन्टी हुन्छ भने काम गर्न पनि तयारै रहेको उनीहरूको भनाइ छ । विभिन्न मेनपावर कम्पनीमार्फत उक्त कम्पनीमा नेपालीहरू काम गर्न पुगेका बताइएको छ ।
कम्पनीले तलब नदिएपनि श्रमिकहरूले गत अप्रिल १४ देखि काम बन्द गरेको बताइएको छ । आफूहरुको बाध्यताबारे उनीहरूले स्थानीय प्रशासनलाई जानकारी गराउँदै काम रोकेका हुन् ।
यसैबीच नेपाल आइपुगेका एनआरएनए कतारका अध्यक्ष रमेश भट्टले यस सम्बन्धमा श्रममन्त्री डीपी अर्यालको ध्यानाकर्षण गराएका छन् । शुक्रबार मन्त्रालयमा भएको भेटमा मन्त्री अर्यालले यस समस्या समाधानका लागि सरकारको तर्फबाट पहल थालिसकेको बताएको भट्टको भनाइ छ।

उनीहरूलाई फर्काउने या के गर्ने भन्ने विषयमा छिट्टै निष्कर्षमा पुगिने मन्त्री अर्यालले बताए । श्रमिकहरूलाई समस्यामा पर्न नदिने प्रतिबद्धता जनाउँदै कतारस्थित नेपाली दूतावास र एनआरएनए कतारका साथै कतारी सरकारसँग समन्वय गरेर निष्कर्षमा पुगिने उनको भनाइ थियो ।
सो अवसरमा भट्टले श्रमिकका अन्य विषयमा पनि मन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण