एभरेष्ट बैंकको निशुल्क स्वास्थ्य जाँच शिविर, २ सय महिलाहरु लाभान्वित
काठमाडौं– एभरेष्ट बैंकले १०६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा समाजमा योगदान पु¥याउने उद्देश्यले निशुल्क स्वास्थ्य शिविर र आत्मरक्षा शिविर आयोजना गरेको छ ।
एभरेष्ट बैंकले नर्भिक हस्पिटलको सहकार्य र सभाव नेपालको सहयोगमा पाटन दरबार स्क्वायर स्थित आदर्श कन्या निकेतनमा ग्राहक वर्ग, सामान्य नागरिक र कलजेका विद्यार्थीका लागि निशुल्क स्वास्थ्य जाँच शिविर र आत्म रक्षा शिविर सम्पन्न गरेको छ ।
निशुल्क स्वास्थ्य शिविरबाट करिब २०० महिलाहरु लाभान्वित भएका थिए । कार्यक्रममा महिला सम्बन्धी स्वास्थ्य समस्याहरुको बारेमा पनि जागरुकता गराइएको थियो । साथै आदर्श कन्या निकेतनका महिला विद्यार्थीका लागी आत्मरक्षा शिविरको पनि आयोजना गरिएको थियो ।
एभरेष्ट बैंकले आफ्नो सामाजिक दायित्वको बोध गर्दै अत्याधिक मात्रामा मानिसहरुलाई लाभ हुने गतिविधि साथै कार्यक्रमहरु गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न
-
अफगानिस्तानमा बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
-
पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ : आरजु राणा
-
डीआईजी दुर्गा सिंहको गण्डकी प्रदेशमा सरुवा