केन्द्रीय संस्करण

विषयगत प्रश्नोत्तरः यस्तो छ उत्प्रेरणा बढाउने उपाय

person explore access_timeचैत ७, २०७५ chat_bubble_outline0

१. उत्प्रेरणाको अर्थ स्पष्ट गर्दै उत्प्रेरणा बढाउने उपायहरु विवेचना गर्नुहोस् । 

मानिसमा भएको अन्तरनिहित क्षमतालाई उजागर गरी कार्यान्वयनमा ल्याउने कार्य उत्प्रेरणा हो । यो मानव साधनसँग सम्बन्धित छ । यसले मानिसमा हुने निष्कृय गुणलाई सक्रिय गुणमा रूपान्तरण गर्न मद्दत गर्दछ । यो एउटा इच्छाशक्ति हो, जसले व्यक्ति विशेषलाई कार्यप्रति उन्मुख गराउँदछ । उत्प्रेरणालाई ःयतष्खबतष्यल  .  ब्दष्ष्तिथ ×  म्भकष्चभ  ×  ऋयmmष्तmभलत को सूत्रबाट पनि बुझ्न सकिन्छ । 

उत्प्रेरणा बढाउने उपाय
मानिसमा उत्प्रेरणा बढाउन मौद्रिक र गैरमौद्रिक गरी दुईवटा उपाय अवलम्बन गरिन्छ । मौद्रिक उपाय मुद्रासँग सरोकार राख्दछ भने गैरमौद्रिक उपाय मुद्रा बाहेकका अरू विषयसँग सम्बन्ध राख्दछ । 
—उत्प्रेरणा बढाउने मौद्रिक उपायहरू 
–मासिक तलव तथा भत्ताको व्यवस्था गर्ने,
–वार्षिक तलव वृद्धि ग्रेडको व्यवस्था गर्ने,
–तलव भत्ता एवं ग्रेडलाई समसामयिक बनाउने
—तलवलाई द्यबकष्अ उबथ र एबथ ायच उभचायचmबलअभ मा विभाजन गरी व्यवस्थित गर्ने,
–कर्मचारी सञ्चय कोषको व्यवस्था गर्ने,
–विरामी हुँदा औषधि उपचारको व्यवस्था गर्ने,
–उपदान एवं निवृत्तिभरणको व्यवस्था गर्ने,

उत्प्रेरणा बढाउने गैरमौद्रिक उपाय 
–सरुवा र बढुवाका स्पष्ट आधार तय गरी अनुमानयोग्य बनाउने, 
–नोकरी एवं सेवाको सुरक्षा गर्ने,     
–अवकाशको स्पष्ट मापदण्ड लागू गर्ने, 
–अधिकार प्रत्यायोजनलाई व्यवस्थित रूपमा लागू गर्ने, 
–पदपूर्तिको वैज्ञानिक आधार तय गर्ने, 
–    निर्णयमा सहभागिता गराउने, 
–    पुरस्कार र दण्ड सजायलाई कार्यसम्पादनसँग आवद्ध गर्ने, 
–विदाको व्यवस्था गर्ने । 
अन्तमा, मानव साधन सङ्गठन सफलताको आधारशीला हो । यसको कुशल प्रयोग एवं परिचालनबाट मात्र सङ्गठनले आफ्नो उद्देश्य प्राप्त गर्न सक्दछन् । यसका लागि मानव साधनलाई मौद्रिक र गैरमौद्रिक उपायहरूको व्यवस्था गर्नु पर्दछ । यस्ता उपायबाट एकातर्फ कर्मचारीमा स्थिरता आउन र जवाफदेहिता बढ्न सक्दछ भने अर्कोतर्फ सङ्गठनको काम कारवाहीमा पारदर्शिता आउन सक्दछ । यसबाट सङ्गठनमा कार्यरत कर्मचारी थप उत्प्रेरित हुन सक्दछन् । तब मात्र मानव साधन र उसको क्षमता उजागर हुन गई व्यावहारिक कार्यमा रूपान्तरण हुन्छ । यसबाट सङ्गठन र मानव साधन दुबैको विकास हुन गई सङ्गठनको उत्पादन र उत्पादकत्व अभिवृद्धि हुन जान्छ ।

२. सार्वजनिक सेवा प्रवाहमा सार्वजनिक सुनुवाइको महìवबारे चर्चा गर्नुहोस् । 
सरकारले सर्वसाधारण नागरिकलाई वस्तु तथा सेवा सुविधा उपलब्ध गराउने कार्य सार्वजनिक सेवा प्रवाह हो । यही सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, पारदर्शी एवं सहज बनाउन सरकारी निकायका पदाधिकारी र सरोकारवाला सेवाग्राही बीच छलफल गर्ने एवं विचार आदानप्रदान गर्ने कार्य सार्वजनिक सुनुवाइ हो । यो सेवाप्रदायक र सेवाग्राही बीच हुने एक औपचारिक भेटघाट कार्यक्रम पनि हो । यस्तो कार्यक्रम सेवाग्राहीलाई अग्रिम सूचना गरी तोकिएको मिति, स्थान र समयमा हुने गर्दछ । सार्वजनिक निकायद्वारा प्रदान गरिएका सेवा सुविधा सम्बन्धमा ब्यापक छलफल गरी देखिएका कमीकमजोरी हटाई सेवा प्रवाहमा सुधार ल्याउन यसले सहयोग गर्दछ । यो नै यसको सर्वोपरी महìव हो । यसको अरू थप महìवलाई निम्न बुँदामा चर्चा गर्न सकिन्छ ः 
कार्यालयका काम कारवाही बारे सेवाग्राहीलाई जानकारी हुने,
कार्यालयका काम कारवाही बारे छलफल हुने, सवल एवं कमजोर पक्ष पत्ता लगाउन सकिने र सोही अनुसारका सल्लाह सुझाव प्राप्त हुने,
सरकारी निकायका काम कारवाहीलाई जनमुखी, पारदर्शी एवं कानुन सम्मत बनाउन सहयोग पुग्ने,
जनगुनासो सम्वोधन गर्न सकिने हँुदा सेवाग्राहीसँग असल सम्बन्ध बढ्ने, समन्वय तथा सञ्चारको पक्ष बलियो हुने,
सार्वजनिक विकास निर्माण एवं सरसफाइका कार्यमा जनताको सहभागिता जुटाउन सहयोग पुग्ने,
सार्वजनिक निकायका पदाधिकारीहरूमा जिम्मेवारी एवं जफावदेहिता बढ्ने,
सार्वजनिक सेवा प्रवाहमा लाग्ने समय, लागत कम गर्न तथा गुणस्तर बढाउन सहयोग पुग्ने ।

३. नेपालको हावापानीका विशेषताहरू उल्लेख गर्नुहोस् ।     
कुनै ठाँउको प्राकृतिक वातावरण त्यस ठाँउको हावापानी हो । यो कुनै ठाँउको जलवायु हो, त्यस ठाउँको मौसम पनि हो । हावापानीले प्राणीहरूको जीवनमा अनुकूल वा प्रतिकूल प्रभाव पार्ने गर्दछ । भू–बनोटका आधारमा नेपालमा उष्ण मनसुनी, न्यानो समशीतोष्ण, ठण्डा समशीतोष्ण, लेकाली र हिमाली हावापानी गरी पाँच प्रकारका हावापानी पाइन्छन् । नेपालको हावापानीका विशेषताहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :     
–    नेपालमा विशेषतः मनसुनी हावापानी पाइने, 
–    नेपालको हावापानी भू–धरातलीय उचाइ र सामुद्रिक दूरताबाट प्रभावित हुने,
–    नेपालमा ग्रीष्मकालीन र शीतकालीन गरी दुई प्रकारका मनसुनी वायु बहने, 
–    ग्रीष्मकालीन मनसुनी वायुले खासगरी असार, साउन र भदौ महिनामा वर्षा गराउने, 
–    नेपालको हावापानीले भारतीय उष्ण हावापानी र तिब्बती शुष्क हावापानीलाई छुट्याउने, 
–    नेपालको हिमालय पर्वत शृङ्खलाले हावापानीको सीमानाको रूपमा काम गर्ने,
–    नेपालमा पर्वतले ओसिलो हावा छेकेर पर्वतीय वर्षा हुने ।

४. सरकारी लेखा प्रणालीका पाँचवटा विशेषताहरू उल्लेख गर्नुहोस् ?
सरकारी आय र व्ययको ब्यवस्थित अभिलेख गर्ने तथा सोको यथार्थ प्रतिवेदन तयार गर्ने स्रेस्ता सरकारी लेखा प्रणाली हो । यसमा सरकारी आर्थिक कारोवारको शुरुदेखि अन्त्य सम्मका सम्पूर्ण कार्य समावेश हुन्छन् । यसका पाँच वटा विशेषताहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः 
  १. सरकारी लेखा मुनाफामुखी नभई सेवामुखी हुन्छ । सरकारी आर्थिक कारोवारको यथार्थ अवस्था चित्रण गर्नु यसको उद्देश्य हो । 
 २. सरकारी लेखा नगदमा आधारित लेखा हो, यसमा नगद तथा बैङ्कको मात्र लेखा राखिन्छ, बाँकी लेनदेन तथा उधारो कारोवारको अभिलेख राखिदैन । 
 ३. यो दोहोरो लेखा प्रणालीमा आधारित छ, आर्थिक कारोवारमा संलग्न दुवै पक्षमा प्रभाव पर्ने गरी लेखा राखिन्छ । 
 ४. सरकारी लेखा केन्द्रीयस्तर र कार्यसञ्चालनस्तर गरी दुई भागमा विभक्त छ, विनियोजन, राजस्व, धरौटी, जिन्सी र आयोजनाको अलग अलग लेखा राख्ने व्यवस्था छ । 
५. सरकारी लेखामा एकरूपता हुन्छ । भाषा र फाराम एउटै हुन्छ । सरकारी लेखाको अनिवार्य लेखापरीक्षण हुन्छ ।
 
५. सुशासनका तìवहरू के–के हुन् ? लेख्नुहोस् ।  
शासन व्यवस्थाको सवलीकरण गरी जिम्मेवार, जवाफदेही, आधुनिक एवं जनमुखी बनाउने कार्य सुशासन हो । यसमा कानुनको पूर्ण पालना हुन्छ, सामाजिक न्याय कायम हुन्छ, सार्वजनिक कार्यमा सरोकारवालाको सक्रिय र सार्थक सहभागिता हुन्छ । भ्रष्टाचाररहित समाज हुन्छ । विकासले गति लिएको हुन्छ । यी र यस्तै तìवबाट सुशासन निर्माण हुने हुँदा यसबाट पनि सुशासनका तìव आँकलन गर्न सकिन्छ । सुशासनका तìवलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ः 
१. कानुनको शासन 
प्रचलित ऐन, नियमहरू पूर्णरूपमा पालना गर्नु पर्दछ । कानुनको नजरमा सबै समान हुनुपर्दछ । 
२. विकेन्द्रीकरण 
साधन स्रोत, जिम्मेवारी र अधिकार तल्लो तहसम्म हस्तान्तरण गर्नुपर्दछ । अधिकारको निक्षेपण गर्नु पर्दछ । 
३. पारदर्शिता 
राज्य संयन्त्रबाट भए गरेका कामकारवाही, साधन स्रोत, व्यवहार एवं आचरणमा पारदर्शिता हुनु
पर्दछ । 
४.जवाफदेहिता 
प्रशासनिक संयन्त्र सरोकारवालाप्रति जिम्मेवार हुनुपर्दछ । उत्तरदायी हुनु पर्दछ । 
५. सहभागिता 
सार्वजनिक कामकारवाहीमा सरोकारवालालाई सहभागी गराउनु पर्दछ । 
६. भ्रष्टाचार नियन्त्रण 
ऐन, नियम एवं आचारसंहिताको पालना गरी सदाचारको विकास गर्नु पर्दछ ।
७. राजनीतिक स्थायित्व 
राजनीति सबै नीतिको मूल नीति हो, त्यसैले यो दलगत र व्यक्तिगत स्वार्थमा पर्नु हँुदैन, राजनैतिक स्थिरता कायम गरी जनतालाई सुशासनको प्रत्याभूति दिलाउनु पर्दछ । 
८. अनुशासन 
राज्यप्रणालीमा कार्य गर्ने सबै राष्ट्रसेवकहरू इमान्दार हुनुपर्दछ । कर्तव्यको पालना देश र जनताको सेवा गर्नुपर्दछ ।  

–गोरखापत्रबाट
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...