आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जनकपुरमा लाग्यो ‘चिनियाँ गो ब्याक’ को नारा

आइतबार, २४ चैत २०७५, १९ : २३
आइतबार, २४ चैत २०७५

जनकपुर– प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा त्यहाँका स्थानीय युवाले ‘चाइना गो ब्याक’ को नारा लगाएका छन् । प्रदेश सरकारले चीनबाट गाई ल्याउन लागेको विरुद्धमा यूवाहरुले यस्तो नारा लगाएका हुन् । जनकपुरको भानु चोकबाट युवाहरुले  ‘चाइना गो ब्याक’ लेखेको प्लेकार्ड बोकेर शिव चोकसम्म प्रदर्शन गरेका थिए । 

चीनबाट गाई ल्याउन प्रदेश ३, गण्डकी प्रदेश र प्रदेश २ सरकारले चिनियाँ पक्षसँग सहमति गरेको भन्दै उनीहरुले त्यसको विरोधमा नारावाजी गरेका हुन् । चिनियाँ गाई आएमा नेपाली किसान मर्कामा पर्ने भन्दै युवाहरुले त्यसको विरोध गरेको प्रदर्शनकारी किशोर यादवले बताए ।

 उनले सो सम्झौता खारेज नभए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् । सरकारले चिनियाँ पक्षसँग गाई ल्याउने विषयमा गरेको सहमतिको बारेमा धेरै ठाउँमा यसको विरोध भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप