ज्याभीलाई बर्खास्त गर्ने बार्सिलोनाको तयारी
क्याम्प नाउ । बार्सिलोनाले मुख्य प्रशिक्षक ज्याभीलाई बर्खास्त गर्ने तयारी गरेको छ । ४४ वर्षीय पूर्व खेलाडीले जनवरीमा सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेका थिए तर क्लबका अध्यक्ष जोन लापोर्टाले उनलाई क्लबमै बस्न मनाएका थिए ।
यद्यपि, हालैको पत्रकार सम्मेलनमा ज्याभीको टिप्पणीले क्लबको बोर्डलाई क्रोधित गरेको देखिन्छ । बोर्डले अब स्पेनका पूर्व मिडफिल्डरलाई हटाउने तयारी गरेको हो । उनको स्थानमा बार्सिलोना बी टिमका म्यानेजर राफेल मार्केजलाई जिम्मेवारी सुम्पिने चर्चा छ ।
अल्मेरियामा बिहीबारको खेलअघि, ज्याभीले प्रतिद्वन्द्वी रियल म्याड्रिड र युरोपका अन्य शीर्ष टोलीहरूसँग आर्थिक रूपमा प्रतिस्पर्धा गर्न गाह्रो हुने बताएका थिए । ‘मलाई लाग्छ बार्सिलोना प्रशंसकहरूले यो बुझ्नु आवश्यक छ कि परिस्थिति वास्तवमै गाह्रो छ, विशेष गरी आर्थिक रूपमा स्पेनमा रियल म्याड्रिड र युरोपमा अन्यसँग प्रतिस्पर्धा गर्न,’ उनले भने, ‘तर यसको मतलब यो होइन कि हामी प्रतिस्पर्धा गर्न र ट्रफीको लागि लड्न चाहँदैनौँ। यो समय हामीलाई स्थिरता र समय चाहिन्छ।’
रियलले यस अवधिमा ला लिगाको उपाधि जितेको छ भने च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । क्लबले अर्को सिजन पेरिस सेन्ट जर्मेनबाट फ्रान्सका स्ट्राइकर केलियन एमबाप्पेलाई अनुबन्ध गर्नेछ। दुई खेल बाँकी रहँदा बार्सिलोना लिगमा रियल मड्रिडभन्दा १४ अंकले पछि छ ।
ज्याभीले नोभेम्बर २०२१ मा कतारी क्लब अल साद छोडेर बार्साको जिम्मेवारी सम्हालेका थिए । २०२२-२३ मा आफ्नो पहिलो पूर्ण सिजनमा बार्सालाई स्पेनिस ला लिगाको उपाधि दिलाएका थिए। तर पीएसजीसँग पराजित भएपछि स्पेनिस महारथि यस सिजन च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण